
बिहिवार , श्रावण ८, २०८२
काठमाडौं, ८ साउन । टर्कीको मध्य प्रान्त एस्किसेहिरमा लागेको जंगलको आगो निभाउने प्रयास गर्दा बुधवार दस अग्निनियन्त्रकको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
आन्तरिक मन्त्री अली येर्लिकायाले १४ जना घाइतेको हाल उपचारका लागि अस्पतालमा रहेको बताउनु भयो । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले क्षतिप्रति दुःख व्यक्त गर्दै उनीहरूको परिवारलाई क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ । पश्चिमी र मध्य प्रान्तहरू साकार्या, अन्टाल्या, एस्किसेहिर, बिलेसिक र डेनिजलीमा आगो निभाउन अग्निनियन्त्रक टोलीहरू काम गरिरहेका थिए ।
टर्कीका कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले वर्षको शुरुवातदेखि अहिलेसम्म आगलागीको कुल संख्या ४ हजार नाघेको बताउनु भयो । जसमध्ये १ हजार ७ सय २८ वन क्षेत्रहरूमा भएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij