२०८२, कार्तिक ५ गते

Oct 22 2025 | २०८२, कार्तिक ५ गते

पूर्वराष्ट्रपतिलाई राजनीतिमा ल्याउन खोज्नु राष्ट्रपति पदकै अपमान : प्रधानमन्त्री ओली

बुधवार , श्रावण ७, २०८२

  • 916
    Shares
  • 916
    Shares
  • काठमाडौं, ७ साउन । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः सक्रिय राजनीतिमा ल्याउन खोज्नु राष्ट्रपति पद र गरिमाप्रति नै अपमान हुने बताउनुभएको छ ।

    मंगलवार राति एमाले केन्द्रिय कमिटीको बैठक समापन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय गौरवका रुपमा रहेको व्यक्तिलाई राजनीतिमा ल्याउँदा उहाँलाई दिएको सम्मानप्रति नै अपमान हुने बताउनुभएको हो ।

    बैठकपछि केन्द्रिय कमिटीका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अध्यक्ष ओलीको भनाई उद्धृत गर्दै प्रचार विभाग प्रमुख गौतमले पूर्वराष्ट्रपति भण्डारीलाई पूर्वराष्ट्राध्यक्षकै रुपमा सम्मान कायम राख्नुपर्ने बताउनु भयो ।

    गौतमले भन्नुभयो, ‘पूर्वराष्ट्रपति भण्डारी हाम्रो आफैंमा एउटा गौरवको नाम हो । उहाँ एउटा देशभक्त, राम्रो अडान भएको, कार्यसम्पादन क्षमता भएको राष्ट्रपतिको रुपमा आफूलाई स्थापित गर्नुभएको छ ।

    उहाँले आफूलाई देशभक्ति भावनाले ओतप्रोत गर्नुभएको छ । उहाँले लोकतन्त्रप्रति बाल्यकालदेखि नै लामो संघर्षको जीवन बिताउनुभएको छ । राष्ट्राध्यक्ष जस्तो हाइटमा पुगेको व्यक्तित्वलाई तल ल्याएर पार्टीमा काम लगाउनु उहाँको सम्मानप्रति पनि अपमान हुनसक्छ ।’

    मंगलवार राति सम्पन्न एमाले केन्द्रिय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउनबाट रोक्ने निर्णय गरेको छ ।
    नेता गौतमले एमालेले ७० वर्षे उमेरहद कायम राख्दा अध्यक्ष ओलीलाई पुनः अध्यक्ष बन्नबाट रोक्ने हुँदा ७० वर्षे उमेरहद हटाइएको स्पष्ट पार्नुभयो ।

    पार्टीका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष लगायत नेताहरूलाई ११ औँ महाधिवेशनमा नेतृत्वको लागि प्रतिष्पर्धा गर्न नरोकेको भन्दै केन्द्रिय कमिटीले पुनः अध्यक्षमा ओलीलाई नै अघि सार्न चाहेको बताउनु भयो । बैठकले विधान अधिवेशनको तयारी लगायतका विषयमा निर्णय गरेको छ ।