२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

पाँच वटा पुलहरु आागमी दुई वर्षभित्र सम्पन्न गर्ने : मन्त्री दाहाल

मंगलवार , श्रावण ६, २०८२

काठमाडौं, ६ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भेरी करिडोरको जाँजरकोट–डोल्पा खण्डमा पर्ने १३ वटा पुलमध्ये पाँच वटा पुलहरु आागमी दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण गरिसक्ने बताउनुभएको छ ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले झिम्रिखोला पुल, नलगाढ खोला पुल, चौखा खोला पुल, तात्र खोला पुल, तासु खोला पुल आगामी दुई वर्षभित्र बनाइसक्ने बताउनु भयो । आ.व.०८२–०८३ मा ८ वटा पुलहरु निर्माणका लागि काम भइरहेको बताउनु भयो । 

मन्त्री दाहालले भन्नुभयो, ‘भेरी करिडोरको जाँजरकोट–डोल्पा खण्डमा पर्ने १३ वटा पुलमध्ये पाँच वटा पुलहरु आागमी दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण भइरहेका छन् । झिम्रिखोला पुल यो ३५ मिटरको छ । नलगाढ खोला पुल, १०५ मिटर । चौखा खोला पुल, २५ मिटरको । तात्र खोला पुल, यो ३५ मिटरको छ । तासु खोला पुल यो ३६ मिटरको छ ।

आ.व.०८२–०८३ मा ८ वटा पुलहरु निर्माणका लागि काम भइरहेको छ । रिजिगाढ, चुगाढ खोला पुल दुवै ३५ मिटरका रहेका छन् । उसुङ खोला पुल, ३५ मिटरको । गल्लीगाढ खोला पुल ३५ मिटरको । खडङ भेरी खोला पुल ३५ मिटरको । खोर खोलापुल, १५ मिटरको । त्रिपुराकोट खोला पुल ४० मिटर र वरबगाड पुल ३० मिटरको रहेको छ ।’

मन्त्री दाहालले कतिपय पुलहरु रातो कितावमा नरहेको हुनसक्ने पनि बताउनु भयो ।