२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

रुपन्देहीमा चैते धानको उत्पादनमा बृद्धि, कृषक क्षेत्र बिस्तारमा

मंगलवार , श्रावण ६, २०८२

भैरहवा । रुपन्देहीमा चैते धानको उत्पादनमा बृद्धि भएको छ । रुपन्देहीका बिभिन्न पालिकाहरुमा लगाईएको चैते धानको उत्पादनमा उल्लेख्य रुपमा बृद्धि भएको किसानहरुको भनाई छ ।

रुपन्देहीमा यस बर्ष लगाईएको चैते धान भित्राईएको छ । सिचाईको सुबिधा भएको क्षेत्रमा लगाईएको चैते धानको उत्पादनमा उल्लेख्य मात्रामा बृद्धि भएको किसानहरुले जनाएका छन् ।

जिल्लाको सियारी गाउँपालिका र सैनामैनामा लगाईएको चैते धानको उत्पादनमा बृद्धि भएको किसानहरु बताउछन् । रुपन्देहीमा ३० हेक्टर बढीमा चैते धानको खेति गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यन्वयन इकाई रुपन्देहीले जनाएको छ ।

पछिल्लो समय चैते धानप्रति किसानहरुको आर्कषण समेत बढेको परियोजना कार्यन्वयन ईकाईका प्रमुख नारायण काफ्लेले जानकारी दिनुभयो । बिगत केहि बर्ष अगाडि सम्म उत्पादनबारे जानकारी लिने गरी खेति शुरु गरेका किसानहरुले गत बर्षदेखि व्यवसायिक रुपमा खेति गर्न थालेको उहाँको भनाई छ ।

उहाँले चैते धान प्रति हेक्टर ६ देखि ७ टन फल्ने गरेको बताउनु भयो । उहाँका अनुसार बर्खे धान राम्रो फल्दा पनि प्रति हेक्टर ४ टन सम्म फल्ने गर्दछ । भारतबाट बर्षेनी बढ्दो मात्रामा आयत हुने चामललाई कम गर्नका लागि चैते धान खेतिलाई व्यापक रुपमा बिस्तार गर्नु पर्ने उहाँको भनाई छ । पछिल्लो केहि बर्ष यता संघिय सरकार अन्तरगतका कार्यालयले चैते धानलाई सघन खेतिको रुपमा बिकास गरेको बताउदै उहाँले यस आर्थिक बर्षदेखि प्रदेश सरकार र स्थानिय सरकारलाई पनि चैते धान खेति तर्फ किसानलाई आकर्षित गर्ने गरी काम गर्न आग्रह गरेको छ ।

MVI_7535.jpg

सैनामैना नगरपालिका बैकुण्ठपुरा किसान हिमलाल न्यौपानेले ८ कठ्ठामा चैते धानको खेति गरेको बताउनु भयो । उहाँले सिचाईको राम्रो व्यवस्था भएका ठाँउमा बर्खे धानभन्दा चैते धानको उत्पादन बढी रहेको बताउनुभयो । उहाँले सरकारले प्रयाप्त मात्रामा सिचाईको व्यवस्थापन गर्न सके किसानहरु थप आकर्षित हुने बताउनु भयो ।

त्यस्तै सैनामैनाकै अर्का कृषक भुपराज बस्यालले सैनामैनामा २२ जनाको समुहले चैते धानको खेति गरेको बताउनुभयो । २२ जनाको समुहले १० बिगाहमा चैते धान खेति गरिएको र उत्पादनमा पनि बृद्धि आएको बस्यालको भनाई छ । अहिले १० बिगाहमा खेति गरेका किसानहरुले अर्को बर्ष सिचाईको व्यवस्था हुन सके यसलाई ४० देखि ५० बिगाहमा खेति गर्ने सोँच रहेको उल्लेख गर्नुभयो ।

‘उत्पादनका हिसावले पनि राम्रो रहेको चैते धान खेतिको बिस्तारका लागि सरकारले किसानका लागि आबश्यक सिचाईको सुबिधा दिन जरुरी छ, बस्यालले भन्नुभयो– ‘यसका लागि तिनै तहका सरकारले विउविजन, यान्त्रीकरण देखि बजारीकरणसम्मको व्यस्थापन गर्न जरुरी छ ।’