२०८३, कार्तिक २ गते

Oct 18 2026 | २०८३, कार्तिक २ गते

युवाका मुद्दालाई प्रभावकारी रुपमा अघि बढाउने मन्त्री गुप्ताकोे प्रतिवद्धता

शुक्रवार , मंसिर १९, २०८२

  • 865
    Shares
  • 865
    Shares
  • काठमाडौं, १९ मंसिर । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले युवाका मुद्दालाई प्रभावकारी रुपमा अघि बढाउने बताउनुभएको छ । 

    अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०२५ को अवसरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय युवा परिषद्ले संयुक्त रुपमा काठमाडौंमा आयोजना गरेको सडक दुर्घटना न्यूनिकरण सचेतना तथा स्वयंसेवा कार्यक्रममा मन्त्री गुप्ताले आफ्नो मन्त्रालय अन्तर्गत खेलकुदका साथै युवा समेत रहेकाले युवाहरुलाई केन्द्रीय गरेर उनीहरुको मुद्दालाई प्रभावकारी रुपमा अघि बढाउने बताउनुभएको हो ।

    उहाले सडक दुर्घटना न्यूनिकरणका लागि सीमित स्रोतका बाबजुत आवश्यक सहयोग हुने प्रतिवद्धता जनाउनुभयो ।

    मन्त्री गुप्ताले ट्राफिक प्रहरीप्रति र ट्राफिक प्रहरीले अरुप्रति हेर्ने दृष्टिकोणलाई सकारात्मक रुपमा अघि बढाउन बसे सडक दुर्घटना न्यूनिकरण गर्न सकिनेमा जोड दिनुभयो । 

    स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्ने र स्वयंसेवाको भावना तथा सेवा संस्कृतिलाई स्थानीयदेखि राष्ट्रिय र अन्तरराष्ट्रिय तहसम्म प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो दिवस सन् १९८५ देखि हरेक बर्ष डिसेम्वर ५ तारिकका दिन मनाउन थालिएको हो ।