२०८२, भाद्र ३१ गते

Sep 16 2025 | २०८२, भाद्र ३१ गते

मनको कवि धनको होइन

बिहिवार , चैत्र २६, २०७७

  • 5.7K
    Shares
  • 5.7K
    Shares

  • – महेश यादव (प्रेम यादव ) 

    म कवि होइन, तर कविता लेख्ने गर्छु ।
    म कुनै देउता होइन, तर सबैको मनको कुरा बुझ्ने गर्छु ।।

    दुनियामा धेरै कविहरु छन्, तर मनको होइन धनको कवि छन् ।
    म थोरै बेग्लै छु, हजुर मलाई धन होइन मानिसको मनको कवि बन्नु छ ।।

    दुनियामा धेरै कविहरु छन् तर म उनीहरु जस्तो छैन् ।
    मान्छे फरक भए पनि, बाँस गर्ने दुनियाँ एउटै रहेनछ ।।

    म कवि नभए पनि मान्छेको बेदनालाई कवितामा समेट्ने गर्छु ।।
    म कवि होईन, तर कविता लेख्ने गर्छु ।

    दुनियाँ पनि अजिबको रैछ, सत्य बोलेको कसैले विश्वास गर्दैन, झुठो बोलेको कसैलाई मन पर्दैन ।
    सायद रमझमले गर्दा होला हजुर त्यसैले मैले संसार के हो भन्ने बुझ्न सकिन ।।

    घैलोमा पानी राखे नराखे पनि घैलोको आवश्यकता परि रहन्छ ।
    मैले संसार नबुझे पनि हातले कलम चलाउनैपर्छ ।
    म कवि होइन हजुर तर कविता लेख्नैपर्छ ।।

    सफलताको शिखरमा पुग्न जति कठिन भए, पनि गन्तव्यमा हिंडिरहेछु ।
    म कवि होइन हजुर तर कविता लेख्ने गर्छु ।