२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

पत्रकार महासंघ रुपन्देहीबाट भवानी पाण्डेलाई सर्वाधिक मत प्राप्त

बुधवार , चैत्र २५, २०७७

  • 15.2K
    Shares
  • 15.2K
    Shares
  • बुटवल। नेपाल पत्रकार महासंघ रुपन्देहीबाट केन्द्रिय सदस्य (लुम्बिनी प्रदेश)बाट भवानी प्रसाद पाण्डेले सर्वाधिक मत ल्याएका छन्। 

    उनले रुपन्देहिबाट २ सय ११ मत प्राप्त गरेका छन्। उनी लोकतान्त्रीक प्रगतीशिल साझा प्यानलका आधिकारिक उमेदवार हुन्। 
    लुम्बिनी प्रदेशबाट केन्द्रिय सदस्यका लागि भएको निर्वाचनमा ८ जना चुनावी मैदानमा थिए। 

    ८ जना मध्ये भवानी प्रसाद पाण्डेले सर्वाधिक २ सय ११ मत ल्याएका छन्। त्यस्तै सुमन अधिकारीले १ सय ३१, शुशिल पोखरेलले ८२, टिका बस्नेतले ६७, आशिश गुप्ताले ५१, माधवप्रसाद अर्याल र रविलाल पाण्डेयले १२÷१२ मत ल्याएका छन् भने श्रीधर सुवेदीले ५ मत ल्याएका छन्।