२०८२, भाद्र १८ गते

Sep 03 2025 | २०८२, भाद्र १८ गते

लामिन यामालले बार्सिलोनासँग २०३१ सम्मको सम्झौता गरे

शुक्रवार , श्रावण २, २०८२

  • 808
    Shares
  • 808
    Shares
  • काठमाडौं, २ साउन । एफसी बार्सिलोनाका स्टार लामिन यामालले औपचारिक रूपमा सम्झौता नवीकरणमा हस्ताक्षर गरेका छन् ।

    टोलीसँग उनको समय २०३१ सम्म विस्तार गरिएको छ । गत आईतवार १८ वर्ष पुगेका यामाल आफ्नो परिवारसँगै एफसी बार्सिलोनाको कार्यालयमा थिए । जहाँ उनले क्लव अध्यक्ष जोन लापोर्टासँगै आफ्नो समयावधि थप्ने सम्झौतामा हस्ताक्षर गरे । 

    लामिन यामालले १० नम्बरको जर्सी लगाउनेछन् । जुन बार्सिलोनाका विगतका स्टारहरूले लगाएका छन् ।