images

शुक्रवार, बैशाख २१ गते २०८१

लुम्बिनीमा सरकार परिवर्तनको अन्तिम तयारीमा दलहरु

लुम्बिनीमा सरकार परिवर्तनको अन्तिम तयारीमा दलहरु

images
images
images
मंगलवार, चैत्र २४ २०७७
मंगलवार, चैत्र २४ २०७७
  • लुम्बिनीमा सरकार परिवर्तनको अन्तिम तयारीमा दलहरु

    बुटवल २४ चैत। लुम्बिनी प्रदेशमा सरकार परिवर्तनका लागि अन्तीम तयारी थालिएको छ। अहिले सम्मको सत्तासाझेदार दल नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीविच सरकार परिवर्तनबारे अन्तीम तयारी थालिएको घटनाक्रमहरुले देखाएको छ। 

    images
    images
    images

    पछिल्ला राजनीतिक घटनाक्रम अनुसार प्रदेश सरकारलाई दिएको समर्थन लिन तथा अविश्वासको प्रस्ताव ल्याउन हस्ताक्षर संकलन शुरु भएको श्रोतको दावि छ। नेकपा माओवादी केन्द्र छाडेका रूपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थीलाई नेकपा माओवादी केन्द्रको संसदीय दल र पार्टीले कारबाही गर्दै कारबाही गरेको जानकारी प्रदेशसभामा दर्ता गरिसकेको छ।

    प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गर्न हस्ताक्षर संकलन भएको खबर आएपनि यसबारे भने नेताहरुले मुख खोलेका छैनन। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले सरकार परिवर्तनबारे छलफल भइरहेको बताए। ‘नया सरकार गठनबारे दलहरुविच छलफल चलिरहेको छ’ सचेतक घर्तीले भने सरकार चाँडै नै अबस्थामा रहेको छ। 

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केन्द्रीय राजनीतिको प्रभाव प्रदेशमा पर्न नदिने बताउँदै आएपनि अब त्यो भने संभव नहुने देखिएको छ। नेकपा माओवादी केन्द्र, विपक्षी दल नेपाली काँग्रेस र जसपाविच सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने बिषयमा छलफल बढेपछि एमाले र माओवादीको सत्ता सहकार्य टुटने संकेत देखिएको हो। मुख्यमन्त्री पोखरेल भने अहिले भने सरकार जोगाउने कसरतमै लागेका छन्। 

    सोमबार अविश्वासको प्रस्ताव ल्याउन दलहरु तयारीमा जुटेपछि जसपाका नेताहरुलाई आफ्नै कार्यकक्षमा छलफल गरेका छन्। जनता समाजवादी पार्टीका संसदीय दलका प्रमुख सचेतक सन्तोष पाण्डे र विजय यादव मुख्यमन्त्रीसँग छलफल गरेर फर्किएका छन्। मुख्यमन्त्री पोखरेलले सरकारलाई सहयोग गर्न आग्रह गरेको मुख्यमन्त्रीसँगको भेटपछि सांसद सन्तोष पाण्डेले जानकारी दिए। उनले भने –‘सरकारलाई साथ दिन भन्नुभयो, हामी सरकार परिर्वतन गर्ने कि यहि सरकारलाई सहयोग गर्ने भन्ने बिषयमा छलफल मै छौं।’  

    सत्तासिन नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले सरकारमा रहेका दुई मन्त्रीलाई हटाउने तयारी भइरहेको बताए। उनले सरकारमा सहभागी माओवादी मन्त्रीहरू कुलप्रसाद केसी र सुदर्शन बराललाई हटाउने तयारी भएको संकेत गरे। उनीहरुको व्यवहारका कारण एक हप्ता भित्रै हटाउने तयारी गरेको ढकालले बताए। उनले आफूहरु सरकार फेरबदलको मुडमा नभएको भएपनि अन्य दलहरुका कारण अब त्यो परिस्थिती सृजना भईरहेको बताए। उनले अबको केहि दिनमा मन्त्रिमण्डल फेरबदलको संकेत गरेका छन्। उनले दलहरुसँग छलफल भइरहेको समेत जानकारी दिए। 

    ८७ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ सदस्य छन्। मुख्यमन्त्री शंकर पोखरेललाइ सरकार जोगाउन ४४ मत आवश्यक पर्छ। एमालेकै दुई जना प्रदेशसभा सदस्य माधव नेपाल समूहमा छन्। माओवादीका दुई जना प्रदेशसभा सदस्यले माओवादी दल परित्याग गरी ओली नेतृत्वको एमालेमा प्रवेश गरेका छन्। 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij