२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

कालिका मानवज्ञान माविलाई सर्वोत्कृष्ट सामूदायिक विद्यालय अवार्ड

शुक्रवार , आषाढ २७, २०८२

बुटवल, २७ असार । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले राष्ट्रकै सर्वोेत्कृष्ट सामूदायिक विद्यालय अवार्ड जितेको छ । केन्द्रबिन्दु मिडियाले आयोजना गरेको तेस्रो संस्करणको ‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ शैक्षिक क्षेत्रमा अब्बल साबित भएका संस्थागत र सामूदायिक शैक्षिक संस्था र व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको प्रमुख आतिथ्यमा भएको कार्यक्रमबाट राष्ट्रिय परीक्षा बोर्डले उत्कृष्ट ठहराएका ७ वटा उत्कृष्ट र देशकै सर्वाेत्कृष्ट १ वटा सामुदायिक विद्यालयलाई सम्मान गरिएको छ । 
जसमा सामूदायिक विद्यालयतर्फ नेपालको एक मात्रै सामूदायिकतर्फ बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय सर्वाेत्कृष्ट विद्यालयको रुपमा सम्मानित भएको हो ।

त्यस्तै संस्थागत विद्यालयतर्फ ललितपुरको प्रसादी एकेडेमी, पकनाजोलको एनसीसीएस सेकेन्डरी स्कुल र कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेज सम्मानित भएका छन् । त्यसै गरी उत्कृष्ट शैक्षिक नतिजा पस्कने १६ संस्थागत तथा आवासीय विद्यालयहरू पनि सम्मानित भएका छन् । 

केन्द्रबिन्दु एजुकेशन एक्सीलेन्स अवार्ड–२०८२ बाट सम्मानित कालिका मानवज्ञान मावि सम्मानित भएको हो ।  अवार्ड कालिका मानवज्ञान माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यान्द ज्ञवाली, प्रधानाध्यापक दिनेश थापाले संयुक्त रुपमा अवार्ड ग्रहण गरेका हुन् ।