२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

रास्वपा अहिले ठ्याक्कै प्रचण्डपथमा छ : पूर्ण बस्नेत

बिहिवार , आषाढ २६, २०८२

काठमाडौं, २६ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले कुनैबेला माओवादीले खडा गरेको जनसरकार र जनअदालतको जस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले ठ्याक्कै प्रचण्डपथमा छ भन्दै टिप्पणी गर्नुभएको छ । उहाँले कलाकारहरुले भावनामा बहकिएर रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको बताउनुभयो । 

बस्नेतले रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले सुरु गरेको अभियानमा कानूनी पक्ष भन्दा पनि राजनीतिक पक्षधरता र भावनामा बहकिएर कलाकारहरुले हस्ताक्षर गर्ने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कलाकार स्वभावैले कोमल हुन्छन् । अरुको पीडाको अनुभूति गर्न सक्छन् । एकातिर ठूला ठूला भ्रष्ट, कमिसनखोरदेखि बिचौलिया ठगहरु सिंहदरबार र राजनीतिक नेतृत्वको संरक्षणमा हुने र अर्कोतिर रवि लामिछाने सहकारी ठगीको कसुरमा कारागारमा हुनुले कलाकारको नजरमा रविमाथि अन्याय भएको देखिनु स्वभाविक हो । मानवीय समवेदना र राजनीतिक पक्षधरता कलाकारमा देखिनुलाई अन्यथा मान्नुपरेन ।’

राज्यको कानूनले व्यक्ति हैन कसुर हेर्छ भन्ने कुरा मुलुकमा देखिएका र घटेका कतिपय घटनाक्रमले पुष्टि नगर्ने भन्दै यो राज्यको असफलता भएको उहाँको भनाइ छ ।