२०८३, जेठ १२ गते

May 26 2026 | २०८३, जेठ १२ गते

गुरु पूर्णिमाको अवसरमा राष्ट्रिय परोपकार महासंघ रुपन्देहीद्वारा विभिन्न कार्यक्रम

बिहिवार , आषाढ २६, २०८२

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा, २६ असार । गुरु पूर्णिमाको अवसरमा राष्ट्रिय परोपकार महासंघ जिल्ला कार्यसमिति रुपन्देहीले भैरहवामा गुरुपूजन तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले बिहीबार सिद्धार्थनगर नगरपालिका–८ स्थित दुर्गा पाञ्चायन मन्दिर परिसरमा गुरुपुजन तथा मृगौलारोगबाट पीडित भइ विभिन्न अस्पतालमा डायलासिस गराइरहेका अतिविपन्न ३० परिवारलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।

    वार्षिक कार्यक्रम अन्तर्गत कार्यक्रम गरिएको महासंघको सिद्धार्थनगर सचिव लक्ष्मण पोख्रेलले बताउनुभयो । संस्थाले आफ्नो वार्षिक क्यालेण्डर नै प्रकाशन गरेर वर्षभरी गरिने कार्यक्रमहरुको सूची तयार गरी विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको उहाँले जानकारी दिनुभयो । गुरुपूजनको अवसरमा भजन कृतनसहित प्रसाद वितरण गरिएको सिद्धार्थनगर अध्यक्ष विष्णु पौडेलले बताउनुभयो ।

    राष्ट्रिय परोपकार महासंघ रुपन्देहीको आयोजना तथा सिद्धार्थनगर समितिको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा जिल्ला अध्यक्ष शान्ती अधिकारीको अध्यक्षता, केन्द्रिय सदस्य तुल्सीराम भण्डारीको प्रमुख आतिथ्यता तथा केन्द्रिय सल्लाहकार कृष्ण प्रसाद शर्मा तिवारी, दयाराम न्यौपाने, जिल्ला सल्लाहकार हरि प्रसाद अधिकारी लगायत विभिन्न धार्मिक तथा सामाजिक व्यतिmत्व र संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । 
    कार्यक्रममा निर्मला ढुंगानाको स्वागत तथा जिल्ला सचिव कृष्ण प्रसाद काफ्लेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    कास्की जिल्लामा केन्द्रिय कार्यालय रहेको संस्थाले देशका धेरैजसो स्थानहरुमा आफ्नो शाखा सञ्चालन गरी विभिन्न सेवामूलक कार्यहरु गर्दै आइरहेको छ । रुपन्देहीको बुटवल नगरपालिका वडा नम्बर १५ स्थित सेमलारमा परोपकार कुञ्जधाम निर्माणको तयारी गरिएको छ । जसमा गुरुकुल, गौशाला, आश्रम गृहलगायत पूर्ण रुपमा एक धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विस्तार गरिने योजना रहेको संस्थाले जनाएको छ ।