२०८३, जेठ ११ गते

May 25 2026 | २०८३, जेठ ११ गते

पर्लद्वारा एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान

मंगलवार , आषाढ २४, २०८२

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, २४ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५, कोटिहवास्थित पर्ल सेकेन्डरी स्कूलले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यालयले सोमबार एक कार्यक्रमकाबीच २०८१ सालको एसईईमा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

    विद्यालयका प्रिन्सिपल लक्ष्मण ज्ञवालीले ३.९५ जीपीए ल्याउने युवराज काफ्लेलाई नगद र सम्मानपत्रसहित र उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुलाई सम्मानपत्रसहित सम्मान गरिएको जानकारी दिनुभयो । सो अवसरमा बोल्दै प्रिन्सिपल ज्ञवालीले वडा नम्बर १५ मा पर्लको नतिजा उत्कृष्ट रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरुको अथक मिहिनेत, शिक्षकहरुको अहोरात्र खटाइ र अभिभावकहरुको सहयोगले विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनुभयो । आगामी दिनमा पनि विद्यालयले अझ राम्रो नतिजा ल्याउने योजनाका साथ अगाडि बढेको उहाँको भनाइ थियो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माया काफ्लेको अध्यक्षता, शिक्षक सञ्जय बस्नेतको स्वागत तथा शिक्षक अशोक ढकालको सञ्चालनमा सम्पन्न कार्यक्रममा गुणनिधि अधिकारी, गणेश गुप्ता, शिवम कोहार, नुमा कोइराला, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति थियो ।