२०८२, आश्विन २५ गते

Oct 11 2025 | २०८२, आश्विन २५ गते

स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द, बिरामीको बिचल्ली

सोमवार , आषाढ २३, २०८२

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, २३ असार । नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सहरुले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेका छन् ।

    उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति असहमति जनाउँदै उनीहरुले आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेका हुन् । संघले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई यही असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेकामा आजदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेको हो ।

    आन्दोलनका कारण बिरामीको बिचल्ली भएको छ ।