
शुक्रवार , आषाढ २०, २०८२
भैरहवा, २० असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का वडा सदस्य अनिल कुमार के.सी.ले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गर्नुभएको छ ।
सिद्धार्थनगर–६ स्थित श्री महात्मा बुद्ध माध्यमिक विद्यालयबाट एसईईमा उत्तीर्ण विद्यार्थीहरुको शुक्रबार घरमै पुगेर उहाँले खादा तथा टीका लगाएर तथा झोला (ब्याग) दिएर सम्मान गर्नुभएको हो । व्यक्तिगत रुपमा विद्यार्थीहरुलाई सम्मान गरेको नेपाली काँग्रेस सिद्धार्थनगरका सचिव समेत रहनुभएका के.सी.ले जानकारी दिनुभयो ।
सम्मानित हुनेमा सिद्धार्थनगर–६ पिपरहियाकी खुसी चौधरी, वडा नम्बर ४ की सहारा नेपाली, सृष्टि नेपाली, गौरी केवट र वडा नम्बर १० का धिरज यादव रहेका छन् ।
सो अवसरमा महात्मा बुद्ध माविका पूर्व शिक्षक ओम प्रकाश त्रिपाठी, समाजसेवी विजयनाथ धवल, कृष्ण कुमार चाई, केदार कुर्मी, मनिष चौधरी, शेर अली खान, प्रितम रौनियार, अमिर खान लगायतको उपस्थिति थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij