२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

इण्डोनेसियामा पानी जहाज डुब्दा ६ जनाको मृत्यु, २४ जना बेपत्ता

शुक्रवार , आषाढ २०, २०८२

  • 682
    Shares
  • 682
    Shares
  • काठमाडौं, २० असार । इण्डोनेसियाको बाली स्ट्रेटमा यात्रुवाहक जहाज डुब्दा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

    २४ जना अझै बेपत्ता छन् । ३५ जनाको उद्धार गरिएको बालीस्थित खोज तथा उद्धार कार्यालयका प्रवक्ता गुस्ती आयु केतुत विजयन्तीले बताउनु भयो । रात परेका कारण बिहीवार साँझ खोज तथा उद्धार कार्य स्थगित गरिएको थियो । शुक्रबार पुनः शुरु हुने विजयन्तीले बताउनु भयो ।

    सबै पीडितहरूलाई बालीको जेम्ब्राना रिजेन्सीको अस्पतालमा लगिएको छ ।