
बुधवार , आषाढ १८, २०८२
काठमाडौं, १८ असार । बेलायतमा लामो समयदेखि गर्मीको लहर जारी रहँदा धेरै भागहरूमा स्वास्थ्य शतर्कता अपनाइएको छ ।
बेलायती स्वास्थ्य सुरक्षा एजेन्सीले आफ्नो एम्बर ताप–स्वास्थ्य शतर्कता थप क्षेत्रहरूमा विस्तार गरेको छ । जहाँ तापक्रम ३३ डिग्री सेल्सियसमा पुगेको छ । जसले गर्दा यो मेक्सिको, बार्बाडोस र जमैका जस्ता बिदा मनाउने ठाउँहरू भन्दा पनि तातो छ । मौसम कार्यालयकाअनुसार सोमवार र मंगलवारसम्म तातो मौसम जारी रहने पूर्वानुमान गरिएको छ ।
केही मध्य र पूर्वी क्षेत्रहरूमा तापक्रम ३४ वा ३५ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ । यदि यस्तो भयो भने १९३० पछि बेलायतमा जुनको तापक्रम ३४ डिग्री सेल्सियसभन्दा बढी भएको यो चौथो पटक मात्र हुनेछ । यद्यपि १९७६ मा स्थापित ३५.६ डिग्री सेल्सियसको जुनको रेकर्ड तोडिने अपेक्षा गरिएको छैन । गत आईतवार दक्षिणपूर्वी इङ्गल्याण्डका केही भागहरूमा ३१ डिग्री सेल्सियस पुगेको थियो । मौसम–स्वास्थ्य चेतावनी प्रणालीअन्तर्गत एम्बर अलर्टको अर्थ सम्पूर्ण स्वास्थ्य सेवामा मौसमी प्रभावहरू महशुस हुने सम्भावना छ ।
यसैबीच युरोपभरि तिब्र तापक्रम रेकर्ड गरिएको छ । दक्षिणी स्पेनको एन्डालुसियामा शनिवार ४६ डिग्री सेल्सियस तापक्रम देखिएको थियो भने आईतवार मध्य पोर्चुगलको मोरा शहरमा ४६.६ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । जलवायु परिवर्तनका कारण गर्मीको लहर र अत्यधिक तापक्रम बढ्दो र घातक बन्दै गएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij