२०८२, पौष २७ गते

Jan 11 2026 | २०८२, पौष २७ गते

‘हिजोदेखि आजसम्म एक झलक’ तथा रचनावाचन कार्यक्रम सम्पन्न

सोमवार , आषाढ १६, २०८२

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, १६ असार । नव प्रतिभा साहित्यिक परिवार सिद्धार्थनगरको आयोजनामा ‘हिजोदेखि आजसम्म एक झलक’ तथा रचनावाचन कार्यक्रम आइतबार भैरहवामा सम्पन्न भएको छ । राष्ट्रिय धान दिवसको अवसर पारेर कार्यक्रम गरिएको संस्थाका अध्यक्ष उमेश थापा लाटोमगरले बताउनुभयो ।

    कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. कपिलदेव लामिछानेले नव प्रतिभा साहित्यिक परिवारले राम्रो कार्यक्रमको आयोजना गरेको बताउनुभयो । साहित्यिक संस्थाहरु चलाउन कठिन रहेको बताउनुभयो । पूर्व राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले साहित्यलाई प्रस्तुतीले प्रभाव पार्ने बताउनुभयो ।

    कार्यक्रममा चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठ, गजलकर प्राज्ञ बुँद राना, साहित्यकारहरु विजय गोविन्द श्रेष्ठ, सरु ज्ञवाली, उपेन्द्र अधिकारी, वनमाली निराकार, रुद्र ज्ञवाली लगायतले बोल्नुभएको थियो ।

    त्यस्तै साहित्यकारहरु केशव शर्मा बेल्बासे, कमल पोख्रेल, तुलसी खड्का, सविता पन्थी, गंगा घिमिरे लगायतले रचना वाचन गर्नुभएको थियो ।

    नव प्रतिभा साहित्यिक परिवार सिद्धार्थनगरका अध्यक्ष उमेश थापा लाटोमगरको अध्यक्षता, कोषाध्यक्ष सुकमाया गुरुङको स्वागत तथा सचिव सरोज ठकुरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष तथा साहित्यकार उमेश थापा लाटोमगरको साहित्यिक यात्रा समेटिएको ‘हिजोदेखि आजसम्म एक झलक’ विषयक प्रस्तुतीकरण गरिएको थियो ।