२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

एसईई नतिजा : रूपन्देहीका सामूदायिक विद्यालयको नतिजा अब्बल

शनिवार , आषाढ १४, २०८२

भैरहवा, १४ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा रुपन्देहीमा रहेका सामूदायिक विद्यालयहरू अब्बल देखिएका छन् । तिलोत्तमा नगरपालिकामा रहेको शान्ति नमूना माध्यमिक विद्यालयका १८ जना विद्यार्थीले एसईईमा ४ जीपीए प्राप्त गरेका छन् ।

विद्यालयबाट ६०९ जना विद्यार्थी परीक्षामा सहभागी थिए । विद्यालयका अनुसार सर्वदा विश्वकर्मा, मोहम्मद रेहान खान, सरिता यादव, सेवा रेग्मी, स्वप्निल गैह्रे, सेलिना लामा, सौगात पाण्डे, सुसन पंगेनी, अनिल ज्ञवाली, अप्सन पौडेल, सृजन घिमिरे, शिशिर सुसाल, शिवानी डुम्रे, सुसान्त अर्याल, आशिष पाण्डे, अनिश भुसाल, सन्देश न्यौपाने र किस्मत थापाले ४ जीपीए ल्याएका छन् ।

त्यस्तै २२ जनाले ३.९६ देखि ३.९९ जीपीए ल्याएका छन् । ३.९ देखि ३.९५ ल्याउने १४, ३.६ देखि ३.८९ सम्म ल्याउने १७१, ३.२ देखि ३.५९ सम्म ल्याउने २०९, २.८० देखि ३.१९ ल्याउने ११२ र २.४० देखि २.७९ जीपीए ल्याउने १४ जना विद्यार्थी रहेका छन् । शान्ति नमूनाको यो नतिजा सम्भवतः नेपालकै सर्वोत्कृष्ट रहेको विद्यालयका प्रधानाध्यापक कूलप्रसाद लामिछानेले जानकारी बताउनुभयो । 

पाँच हजार विद्यार्थी अध्ययनरत रहेको शान्ति नमूनाले विगतका वर्षमा पनि राम्रो नतिजा ल्याउँदै आएको थियो । त्यस्तै बुटवलको कालिका मानवज्ञान माविबाट ७ जना विद्यार्थीले चार जीपीए हासिल गरेका छन् । 
परीक्षामा ५९६ जना विद्यार्थी सहभागी भएकोमा ७ विद्यार्थीले चार जीपीए ल्याएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिनुभयो । कालिकामा सुदर्शन न्यौपाने, अस्मिना पराजुली, प्रशंसा पराजुली, आशिष केसी, प्रतिक पौडेल, स्वरूप न्यौपाने, सुजन बाह्रघरे र राम शर्माले चार जीपीए ल्याएका हुन् ।

त्यसै गरी ३.६० देखिमाथि २११, ३.२० देखि ३.६० सम्म २४५, २.८० देखि ३.२० सम्म १०३, २.४० देखि २.८० सम्म २६ जना र २.०० देखि २.४० सम्म २ जना ग्रेडेड भएको थापाको भनाइ छ । कालिका देशकै सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने सामूदायिक विद्यालय हो । कालिकामा अहिले सेक्टर वान र सेन्टर टुमा गरेर ६ हजार जना विद्यार्थी अध्ययनरत छन् । 

बुटवलको कान्ति माविका छात्र सिजल पन्थीले पनि ४ जीपीए ल्याएका छन् । बुटवलकै नवीन औद्योगिक कदरबहादुर रीता माविका छात्र आर्यन पौडेलले पनि फोर जीपीए ल्याएका छन् । त्यस्तैगरी नयागाउ मावि बुटवल १२ मा अध्ययनरत तीन जनाले चार जीपीए ल्याएको प्रधानाध्यापक पुरूषोतम भट्टराईले बताउनुभयो ।

त्यस्तै रुपन्देहीकै सैनामैनामा नगरपालिकामा रहेको सैनामैना परोहा परमेश्वर माविबाट चारजना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । त्यस्तै यस क्षेत्रका संस्थागत विद्यालयतर्फ अब्बल मानिने न्यू होराइजन माविका ११ जना विद्यार्थीले चार जीपीए ल्याएका छन् । बुटवलकै अक्सफोर्ड माविका १० जना विद्यार्थीले पनि चार जीपीए हासिल गरेको विद्यालयका प्राचार्य दिनेश भुसालले जानकारी दिनुभयो । भैरहवाको पश्चिमाञ्चल ईङलिस स्कूलबाट २ जना विद्यार्थीले ४ जीपीए ल्याएको प्राचार्य राजु ढकालले जानकारी दिनुभयो ।

पछिल्लो नतिजाअनुसार रामापुर मावि, सैनामैना एकजना, नवरत्न माध्यमिक विद्यालय, बुटवल दुईजना, कान्ति मावि, बुटवल एकजना, जनकल्याण मावि सैनामैना एकजना, सुनगाभा पब्लिक मावि सैनामैना एकजना, सिद्धेश्वर लालकुमारी मावि बुटवल एकजना, नविन औद्योगिक कदरबहादुर रिता मावि बुटवल एकजना, ड्रिम भिजन स्कुल फर्साटिकर एकजना, दीप बोर्डिङ स्कुल बुटवल दुईजना, प्रभात इङलिस बोर्डिङ स्कूल, सैनामैना दुईजना, सैनामैना मोमोरियल एकजना, न्यू इन्भारमेन्ट तिलोत्तमा एकजना, तिनाउ इङ्लिस बोर्डिङ स्कूल बुटवल देवीनगर दुईजना, गार्गी इ.बो.स्कूल बुटवल देवीनगर दुईजना, न्यू लुम्बिनी ई.बो. स्कुल, देवदह चारजना, होराईजन गौतमबुद्ध मावि, तिलोत्तमा एकजना, एभरेष्ट ईङ्लिस बोर्डिङ स्कूल बुटवलबाट एकजनाले चार जीपीए ल्याएका छन् ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को शुक्रबार प्रकाशित नतिजामा रुपन्देहीका ८२ जनाले जीपीए फोर ल्याएका छन् ।