२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

पौष्टिक आहार वितरण तथा स्वास्थ्य चेकजाँच कार्यक्रम

शुक्रवार , आषाढ १३, २०८२

भैरहवा, १३ असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ कार्यालयले पौष्टिक आहार वितरण तथा स्वास्थ्य चेकजाँच कार्यक्रम गरेको छ । ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगता भएका व्यक्तिहरुको सम्मानमा कार्यक्रम गरिएको वडाअध्यक्ष अधिवक्ता पुरन प्रसाद श्रेष्ठले बताउनुभयो । कार्यक्रममा १०२ जनालाई पौष्टिक आहार वितरण गरिएको जानकारी दिनुभयो ।

वडाअध्यक्ष श्रेष्ठको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँको प्रमुख आतिथ्यता, उपप्रमुख उमा अधिकारीको विशिष्ट आतिथ्यता, वडा नम्बर १३ का अध्यक्ष सोमबहादुर गुरुङ, समाजसेवी नारायण प्रसाद अग्रवाल, उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ, समाजसेवी आनन्द प्रसाद गुप्ता, केशव प्रसाद गुप्ता, डा.शम्भु कुमार गुप्ता, भैरहवा नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक चुन्न प्रसाद पाण्डे, पूर्व वडाअध्यक्ष भरत सिंह विजुक्छे, वडा सचिव वन्दना उपाध्याय लगायतको उपस्थिति थियो ।

कार्यक्रममा प्रमुख अतिथि मेयर खाँले सेवा नै धर्म हो भन्ने उद्देश्यले कार्यक्रम गर्नु सराहनीय भएको बताउनुभयो । ‘ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगता भएका व्यक्तित्वहरूको सेवा स्याहारसुसार सेवा गर्नु हाम्रो दायित्व हो, हाम्रो अभिभावकको सेवा गर्नुपर्छ स्वास्थ्य चेक जाँच गर्नु गराउनुपर्छ, ’उहाँले भन्नुभयो ।

वडा सदस्य सरस्वती श्रेष्ठको स्वागत तथा अर्का वडा सदस्य बिनित कुमार बेरीवालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।