२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

पामिर एकेडेमीमा निःशुल्क आँखा परीक्षण शिविर

मंगलवार , आषाढ १०, २०८२

  • 295
    Shares
  • 295
    Shares
  • तिलोत्तमा, १० असार । पामिर इन्टरनेशनल एकेडमीमा अध्ययनरत विद्यार्थीहरुका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुका लागि निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको विद्यालयका प्राचार्य गोपाल गौतमले जानकारी दिनुभयो ।

    शिविरमा श्रीकृष्ण नेत्रालय प्रा.लि.का चिकित्सक तथा स्वास्थ्यकर्मीले विद्यार्थीहरुको आँखा परीक्षण गरेको उहाँले जानकारी दिनुभयो । सोमबारदेखि सुरु भएको आँखा परीक्षण शिविर मंगलबार सकिएको विद्यालयले जनाएको छ ।

    विद्यार्थीहरुको आँखामा हुन सक्ने समस्या, पूर्व सावधानीका उपाय र आँखा सुरक्षामा ध्यान दिन अपनाउनुपर्ने तरिकाका बारेमा समेत विद्यार्थीहरुलाई सचेतना जगाउन यस्तो शिविर गरिएको प्राचार्य गौतमले जानकारी दिनुभयो ।