
शनिवार , आषाढ ७, २०८२
भैरहवा, ७ असार । निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुलाई मानसिक स्वास्थ्यसम्बन्धी एकदिने तालिम प्रदान गरिएको छ । रोहिणी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा उक्त तालिम शनिबार भैरहवामा सम्पन्न भएको हो ।
गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको सहभागीता रहेको उक्त तालिमको सहजीकरण प्रेम नारायण चौधरीले गर्नुभएको थियो ।
रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको अध्यक्षता तथा स्वास्थ्य शाखा प्रमुख रामनेवास प्रसाद चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij