२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

इजरायली सेनाको आक्रमणबाट दक्षिण गाजामा ५१ प्यालेस्टिनीहरूको मृत्यु

बुधवार , आषाढ ४, २०८२

काठमाडौं, ४ असार । इजरायली सेनाले मंगलवार बिहान दक्षिणी गाजा पट्टीको खान युनिसमा सहायताको पर्खाइमा रहेका कम्तीमा ५१ प्यालेस्टिनीको हत्या गरेको छ । खान युनिसको अल–ताहलिया राउन्डअबाउट नजिकै इजरायली आक्रमणमा २ सय भन्दा बढी घाइते भएका छन् । जसमा २० जनाको अवस्था गम्भीर छ । घटनाको बारेमा इजरायली सेनाबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

मार्च १८ मा, इजरायलले एन्क्लेभमा आफ्नो सैन्य कारबाही पुनः शुरु गरेको थियो । इजरायलले आफ्नो हमलाहरू पुनः शुरु गरेदेखि कम्तिमा ५ हजार १ सय ३९ प्यालेस्टिनीहरू मारिएका छन् । १६ हजार ८ सय ८२ जना घाइते भएका छन् । अक्टोबर २०२३ देखि कुल मृत्यु हुनेको संख्या ५५ हजार ४ सय ३२ पुगेको छ । घाइतेहरूको संख्या १ लाख २८ हजार ९ सय २३ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।