२०८३, जेठ ११ गते

May 25 2026 | २०८३, जेठ ११ गते

चिदिका–रुपन्देही सम्पर्क समाजद्वारा छात्रछात्रालाई पोशाक वितरण

मंगलवार , आषाढ ३, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • बुटवल, ३ असार । चिदिका–रुपन्देही सम्पर्क समाज रुपन्देहीद्वारा अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ चिदिकामा रहेको देवीडाँडा आधारभूत विद्यालयमा अध्ययनरत छात्रछात्रालाई विद्यालयकै प्रांगणमा निःशुल्क टिसर्ट वितरण गरेको छ । समाजले एक कार्यक्रमकाबीच विद्यालयमै पुगेर टिसर्ट हस्तान्तरण गरेको हो । 

    समाजको प्रतिनिधित्व गर्दै आएका समाजका संस्थापक अध्यक्ष पुरुषोत्तम अर्याल, वर्तमान अध्यक्ष गीता ज्ञवाली, सचिव हेमनाथ ज्ञवाली, कोषाध्यक्ष राम प्रसाद पन्थी, सह–सचिव टेक नारायण टण्डन, सदस्यहरु पवन ज्ञवाली, कमल भण्डारी लगायतले विद्यार्थीहरुलाई टिशर्ट वितरण गर्नुभएको हो ।

    त्यस अवसरमा बोल्ने वक्ताहरुले चिदिका रुपन्देही सम्पर्क समाज चिदिकाको सर्वपक्षीय विकासको लागि सधै तत्पर रहेको बताउनुभएको थियो । समाजले रुपन्देही र चिदिकामा निरन्तर रुपमा विभिन्न रचनात्मक र सामाजिक सामाजिक कार्यहरु गर्दै आइरहेको  छ । 

    कार्यक्रममा समाजका संस्थापक अध्यक्ष पुरुषोत्तम अर्याल, अध्यक्ष गीता ज्ञवाली, सचिव हेमनाथ ज्ञवाली विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कविराज ज्ञवाली, प्रधानाध्यापक धर्मराज पाण्डे, समाजसेवीहरु बद्री प्रसाद घिमिरे, हरि पाण्डे, यादव ज्ञवालीसहित विभिन्न स्थानीय समाजसेवी राजनीतिक दलका प्रतिनिधि लगायतले भनाइ राख्नुभएको थियो ।