images

बिहिवार, चैत्र १५ गते २०८०

मिष्टर एण्ड मिस पश्चिमाञ्चलको फिनाले चैत २५ मा

मिष्टर एण्ड मिस पश्चिमाञ्चलको फिनाले चैत २५ मा

images
images
images
आइतवार, चैत्र १५ २०७७
आइतवार, चैत्र १५ २०७७
  • मिष्टर एण्ड मिस पश्चिमाञ्चलको फिनाले चैत २५ मा

    बुटवल, १५ चैत ।
    मिष्टर एण्ड मिस पश्चिमाञ्चल २०२० सिजन ४ को फिनाले चैत २५ गते हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गरी आयोजक आर एन स्टाईलका डाईरेक्टर सुजित बूयालले चौथो संस्करणको अन्तिम तयारीमा रहेको बताए । 

    images
    images
    images

    ‘हामी बोल्दैनौ, काम गर्छौ’ भन्ने नारासहित युवाहरुको नेतृत्व, क्षमता विकासमा योगदान दिदै रचनात्मक काममा गर्दै आएको उनले बताए । फागुन पहिलो हप्ताबाट शुरु भएको प्रतियोगिताको फिनालेका लागि १० जना पुरुष र ९ जना महिला प्रतियोगी छनौट भएको उनले बताए । 

    सन २०१६ मा स्थापना भएको संस्था सामाजिक उत्तरदायित्वमा समेत योगदान दिएको उनले बताए । यो वर्षदेखि करिश्मा फाउन्डेशनसंग सहकार्यमा युवाहरुको क्षमता विकासमा थप सहयोग समेत अघि बढाएको उनले बताए । प्रत्येक सहभागिहरुबाट १५ हजार रुपैयाँ शुल्कबाट तालिमहरु, मेकअप, ४ वटा ड्रेस लगायत सुविधा दिइने उनले बताए । प्रतियोगिताको उपाधि विजेताले २५ हजार रुपैया र २१ हजार रुपैयाको साथमा टाईटल पाउने उनले बताए । एक वर्षको लागि सम्झौता रहने उनले बताए ।

    जुरी मेम्बर ट्रान्स मोडल अनु अनमोल, द रन वे को सेकेण्ड रनरअप रेनुका चौधरी, ईभेन्ट कोअर्डिनेटर सन्जय आर सि, निरज मगर, २ वर्ष अघि भएको लिटल प्रिन्सका विजेता देवदहका सुजल बस्याल रहेका छन् । प्रतियोगितामा कोहलपुर, स्याङ्जा, कपिलवस्तु, नवलपरासी लगायत क्षेत्रबाट छनौट गरिएको उनले बताए । कोभिड–१९ का कारण यो वर्ष मिस कोहलपुर, मिस वर्ड वाईड, भिवअर च्वाईसबाट छनौट भएर आएको उनले बताए ।कार्यक्रमबाट बचेको रकम माइती नेपालको सिद्धार्थनगर शाखालाई सहयोग गर्ने उनले बताए । ग्लमरलाई मात्र नभई समाजको सेरोफेरोको बारेमा ज्ञान दिने रुपमा आफुहरु अतिरिक्त क्रियाकलापहरु गर्दै आएको उनले बताए । 

    सहभागीहरुलाई मोटिभेसन क्लास, डिजाईनर क्लास, ३ दिनसम्म क्लोज क्याम्प राखेर क्षमता विकासका कार्यक्रम गरिने रेशम न्यौपानेले बताए।होटल रेडसनमा फिनाले हुने उनले बताए । करिब ५ लाख खर्च हुने अनुमान रहेको छ । अघिल्लो संस्करणमा विशाल थापा मगर, सुस्मिता थापामगर रहेका थिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij