२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

गुजरातको अहमदावादमा एयर इण्डियाको विमान दुर्घटनाग्रस्त

बिहिवार , जेठ ३०, २०८२

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भारत,२९ जेठ । पश्चिमी भारतीय राज्य गुजरातको एक विमानस्थलबाट बिहीवार उडान भरेको केही समयपछि विमानमा १२ जना चालक दलका सदस्यसहित २४२ जना यात्रु बोकेको एयर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको छ ।

    रिपोर्टकाअनुसार विमान बेलायत जाँदै थियो । स्थानीय सञ्चारमाध्यमको फुटेजमा विमानस्थल नजिकै आकाशमा बाक्लो कालो धुवाँ उडिरहेको देखिएको छ । भारतीय समयअनुसार दिउँसो १ : ३८ मा दुर्घटनामा परेको छ । दुर्घटनाग्रस्त विमानमा ६१ जना विदेशी नागरिक रहेको जनाइएको छ । जसमा १६९ भारतीय नागरिक, बेलायतका ५३, पोर्चुगलका ७ र एक जना क्यानडाका नागरिक रहेकाछन् । विमान टुक्राटुक्रा भएको छ र उद्धार जारी छ।