२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

बुटवलमा अटिजम सम्बन्धी सचेतना कार्यक्रम

बुधवार , जेठ २९, २०८२

बुटवल, २८ जेठ । पछिल्लो समय बालबालिकामा हुने जटिल समस्या अटिजमको बारेमा जानकारी गराउने उद्देश्यसहित रुपन्देहीको बुटवलमा ९ दिने सचेतना कार्यक्रम सञ्चालन भइरहेको छ । अटिजम केयर सोसाईटी लुम्बिनीको आयोजना बुटवल उपमहानगरपालिकाको सहकार्यमा बुटवलका सबै वडाबाट सहभागी ल्याएर ९ दिनसम्म सचेतना प्रदान गरिने अटिजम केयर सोसाईटी लुम्बिनीका अध्यक्ष डा.शतिस रुपाखेतीले जानकारी दिनुभयो । उहाँले बुटवलभित्रका १९ वडाकै सहभागी जुटाएर ९ दिनसम्म ५ सय बढीलाई सचेतना प्रदान गरिने जानकारी दिनुभयो । 

अटिजम केयर सोसाईटी लुम्बिनीका वरिष्ठ उपाध्यक्ष मधु प्रसाद अर्यालले बुटवल १ र २ नम्बर वडाबाट सुरु भएको सचेतना दैनिक २ वटा वडाका सहभागीहरुलाई सचेतना प्रदान गरिएको बताउनुभयो । प्रशिक्षकहरु सोसाईटीका विशेष शिक्षिका मालिका घिमिरे र प्यारेन्ट चाईल्ड ट्रेनर अनिशा बस्यालले सचेतनामा सहजीकरण गरिरहेका छन् ।