२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

मंगलबार रुपन्देहीमा एमजी एस–५ कारको र्‍याली

सोमवार , जेठ २७, २०८२

भैरहवा, २६ जेठ । एमजी एस–५ इलेक्ट्रिक कारको रुपन्देहीमा र्‍याली र कपिलवस्तुमा एक्सचेन्ज अफर ल्याइएको छ । भैरहवा र यस आसपासको क्षेत्रका लागि आधिकारिक विक्रेता सिद्धार्थनगर नगरपालिका–८, अञ्चलपुरस्थित थ्रि.एच.एल. कम्पनी प्रा.लि.ले मंगलबार भैरहवामा कारको र्‍याली हुने जनाएको छ । 

सोमबार पत्रकार सम्मेलन गरी कम्पनीका अध्यक्ष हरिबहादुर थापाले ग्राहकलाई कारको बारेमा जानकारी दिने उद्देश्यले र्‍याली गर्न लागिएको जानकारी दिनुभयो । सिद्धार्थनगर–८, अञ्चलपुरस्थित एमजी सोरुमबाट सुरु हुने र्‍याली बुद्धचोक, नारायणपथ, विद्रोहीचोक, पक्लिहवारोड, मेउडिहवा, कृषि क्याम्पस, मेडिकल कलेज, दरखसवा, आँखा अस्पताल, देवकोटाचोक, शान्तिनगर, रेयुकाई अफिस (डाडागाउँ), जनकपथ, देवकोटाचोक, बैंकरोड, गल्लामण्डी, एअरपार्ट, लुम्बिनीरोड हुँदै बुद्धचोक र तिलोत्तमा नगरपालिकाको कोटिहवासम्म पुगेर पुनः सोरुममा पुगेर समापन हुने थापाले बताउनुभयो । 

‘विद्युतीय गाडीले वातावरण संरक्षणमा मद्दत पुर्याएको छ, ’उहाँले भन्नुभयो । बजारमा नयाँ गाडीलाई चिनाउन र्याली गर्न लागिएको उहाँले बताउनुभयो । एमजी एस–५ इलेक्ट्रिक कार किन्न उहाँले ग्राहकहरुलाई आग्रह गर्नुभयो । 

त्यस्तै जेठ २८ गते कपिलवस्तुको तौलिहवामा र २९ गते चन्द्रौटामा एक्सचेन्ज अफर कार्यक्रम राखिएको छ । 

थ्रि.एच.एल. कम्पनी, भैरहवाका व्यवस्थापक राजीव खनालले न्यूनतम मूल्य १९ लाख ९९ हजारदेखि ५४ लाख ९९ हजार रुपैयाँसम्म एमजी एस–५ का कारहरु कम्पनीले विक्री गरिरहेको जानकारी दिनुभयो । थ्रि.एच.एल कम्पनीले भैरहवामा आधिकारिक डिलर लिएपछि हालसम्म १२० वटा कार विक्री गरिसकेको उहाँले बताउनुभयो ।