आइतवार , जेठ २६, २०८२
भैरहवा, २५ जेठ । जेसीआई सिद्धार्थ, नेपाल सिद्धार्थनगर, रुपन्देहीले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श क्याम्प (शिविर) गरेको छ । संस्थाले शनिबार सिद्धार्थनगर नगरपालिका–९ स्थित श्री भानु माध्यमिक विद्यालयमा शिविर गरेको हो । शिविरमा १५० जना स्थानीयको स्वास्थ्य परीक्षण एवं परामर्श प्रदान भएको जेसीज सिद्धार्थ, नेपाल वर्ष २०२५ का अध्यक्ष अर्जुन कुँवरले जानकारी दिनुभयो ।
शिविरमा वरिष्ठ पेटरोग विशेषज्ञ डा. पुष्पराज ढकाल, वरिष्ठ जनरल फिजिसियन डा. सुवोध बस्याल र वरिष्ठ सुगर थाईराइड तथा हर्मोन रोग विशेषज्ञ डा. मनोज कार्कीले शिविरमा आएकाको स्वास्थ्य परीक्षण तथा परामर्श दिनुभएको कार्यक्रम संयोजक केशव भण्डारीले बताउनुभयो ।
जेसीज सिद्धार्थ, नेपाल वर्ष २०२५ का अध्यक्ष अर्जुन कुँवरको अध्यक्षता, डा. गोविन्द वल्लभ भट्टको प्रमुख आतिथ्यता, नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष सौरभ श्रेष्ठको विशेष आतिथ्यता, सिद्धार्थनगर नगरपालिका–९ का वडाअध्यक्ष शेषकान्त भण्डारीको आतिथ्यता तथा जेसीआई सिद्धार्थका महासचिव आकाश पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij