२०८३, जेठ १३ गते

May 27 2026 | २०८३, जेठ १३ गते

विश्व वातावरण दिवसमा शान्ति समाज रुपन्देहीद्वारा वृक्षरोपण

बिहिवार , जेठ २३, २०८२

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • बुटवल, २२ जेठ  । मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । बुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) को परिसरमा विरुवाहरु रोपिएको समाजले जनाएको छ ।

    अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा.विनोद पराजुली, मानवअधिकार तथा शान्ति समाजका पूर्व केन्द्रिय सभापति गोविन्द खनाल, केन्द्रिय सचिव (लुम्बिनी) डिपि खनाल, जिल्ला सभापति अर्जुन ज्ञवाली, केन्द्रिय सदस्य, जिल्ला पदाधिकारी, अभियन्ताहरु एवं अस्पतालका कर्मचारीले फलफूलका विरुवाहरु रोप्नुभएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि डा.विनोद पराजुलीले विश्व वातावरण दिवसको आम्दा अस्पताल छनौट गरी  वृक्षारोपण गरेकोमा शान्ति समाजप्रति आभार व्यक्त गर्नुभयो । उहाँले मानिसका गतिविधिले वातावरणलाई असर गरेकोले  रोक्नुपर्ने बताउनुभयो ।

    शान्ति समाजका पुर्व केन्द्रिय सभापति गोविन्द खनालले वातावरण सफा राख्न सबैभन्दा पहिला मानिसले आफ्नो मस्तिष्क सफा गर्नुपर्ने बताउनुभयो । उहाँले शान्ति समाजले जलवायु बचाउ अभियान दुई दशक गर्दै आइरहेकोमा यसको महत्व झन बढेकोले अझै सशक्त रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो।

    केन्द्रिय सचीव डिपि खनालले वातावरणको संरक्षण अहिलेको गहन विषय भएको उल्लेख गर्दै वृक्षरोपण, सरसफाई लगायतका कार्यहरू निरन्तर गर्नुपर्ने औल्याउनुभयो ।

    रुपन्देही सभापति अर्जुन ज्ञवालीले विश्व वातावरण दिवसको यस वर्षको नारा प्लाष्टिकको प्रयोग न्यूनीकरण : हाम्रो  दायित्व अनुसरण गर्दै प्रत्येक व्यक्ति पर्यावरण संरक्षण गर्न आत्मानुशासित भइ आफू, घर, टोलटोलमा प्लाष्टिक प्रयोग बन्द गर्नुपर्ने बताउनुभयो । उहाँले शान्ति समाजले सामाजिक न्यायदेखि जलवायु न्यायसम्म जगतमुखी जीवनमुखी सेवामुखी अभियानमा निरन्तर क्रियाशील रहेको बताउनुभयो ।

    अस्पताल परिषरमा रुद्राक्ष, अमला, बेल, धुपिसल्लो, कल्पिफूल लगायत विभिन्न प्रजातिका विरुवा रोपिएको थियो । 

    WhatsApp Image 2025-06-05 at 2.57.42 PM.jpeg

    कार्यक्रम अस्पतालका प्रशासन प्रमुख देव खनाल, शान्ति समाजका केन्द्रिय सदस्य रत्ना कंडेल, रुपन्देही पुर्वउपसभापति सरोज गौतम, सह–सचिव अर्जुन कँुवर लगायतको उपस्थिति तथा जिल्ला सभापति अर्जुन ज्ञवालीको अध्यक्षता, केन्द्रिय सचिव डिपि खनालको स्वागत तथा रुपन्देही सचिव लिलाधर लुईटेलको सञ्चालनमा सम्पन्न भएको थियो ।