२०८३, भाद्र १० गते

Aug 26 2026 | २०८३, भाद्र १० गते

पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर

बिहिवार , जेठ २३, २०८२

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • २२ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    पतञ्जली योगपीठको जग्गा सट्टापट्टा बिक्री प्रकरणमा अनियमितता गरेको आरोपमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।यस्तै, मन्त्रिपरिषद्को सामूहिक निर्णयमाथि नै भ्रष्टाचारविरुद्धको मुद्दा चलेको पनि यो पहिलो घटना मानिएको छ।

    भ्रष्टाचार मुद्दा दायर भएसँगै पूर्वप्रधानमन्त्री नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ।नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ ।