२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

नेपाली युवा उद्यमी मञ्च रुपन्देहीमा नयाँ नेतृत्व चयन

बुधवार , जेठ २२, २०८२

  • 874
    Shares
  • 874
    Shares
  • बुटवल, २१ जेठ । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । तिलोत्तमाको कोटिहवामा सम्पन्न मञ्चको ९ औं साधारण सभा तथा अविधेशनबाट आर्दश श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । 

    मञ्चको निवर्तमान अध्यक्षमा रिसव ओझा, प्रथम उपाध्यक्षमा अनिश कसौधन र द्वितीय उपाध्यक्षमा सुमन बस्याल रहेका छन् ।

    त्यस्तै कार्यसमिति सदस्यहरुमा प्रतिक कसजु, सुमित श्रेष्ठ, विराट जोशी, सुमित ओझा, मञ्जिल विके, अमन श्रेष्ठ, मन्दीप अमात्य, अनुभवमान सैजु, राहुल कसौधन र कार्यक्रमको संयोजकमा मनिश श्रेष्ठ रहेका छन् ।

    कार्यक्रममा उत्कृष्ट योगदान र सक्रिय सहभागीतालाई कदर गर्दे विभिन्न सदस्यहरुलाई सम्मान गरिएको थियो जसमा सबैभन्दा बढी कार्यक्रममा उपस्थित हुने सदस्य अनुभव श्रेष्ठ, नयाँ सदस्य पुरस्कार शान्तम थैव, इसिएस निउवयट पावर हाउसका अमन श्रेष्ठ र विभिन्न विधामा उत्कृष्ट हुने सदस्य मनिश श्रेष्ठ, सम्यक बज्राचार्य, प्रतिक पहारीलाई सम्मान गरिएको थियो । 
     
    साधारण सभा तथा अधिवेशनमा तिलोत्तमा नरपालिका प्रमुख रामकृष्ण खाणले युवाहरुले स्वदेशमा नै उद्यमशीलता प्रवद्र्धनको लागि गरेको कार्य आफैमा महत्वपूर्ण भएको बताउँदै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

    1000129861.jpg

    राष्ट्रिय गभर्निङ्ग काउन्सीलका अध्यक्ष कुशल सुन्दर श्रेष्ठ, संरक्षक संस्था बुटवल उद्योग बवणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य उज्जवल कसजु, नेपाली युवा उद्यमी मञ्च ललितपुरका अध्यक्ष नीतु श्रेष्ठ, लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलम, सीएसीसीआईका प्रतिनिधि नेत्र आचार्य, सीएनवाईईएफ लुम्बिनी अध्यक्ष राजन कसजु लगायतको आतिथ्यता थियो ।