२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

तिलोत्तमा–१४ मा सार्वजनिक सुनुवाई

मंगलवार , जेठ २१, २०८२

  • 631
    Shares
  • 631
    Shares
  • तिलोत्तमा, २० जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १४ ले आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । साविक टिकुलीगढ गाउँ विकास समिति (गाविस) बाट बनेको वडा नम्बर १४ ले वर्षभरी सञ्चालन भएका योजना तथा कार्यक्रम र आय–व्ययको सार्वजनिक सुनुवाइ गरेको हो ।

    वडाअध्यक्ष आश्विन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा एवं नगरपालिकाको सेवाको विषयमा सवाल जवाफ भएको थियो ।

    अध्यक्ष पौडेलले वडाका निमाण योजना र कार्यक्रम सम्पन्न गरेपश्चात हरेक विकासका योजनाहरू पारदर्शी हुनुपर्ने भन्दै वडाले सार्वजनिक सुनुवाइ गर्नु महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सेवा प्रवाह र वडाका योजनाहरुमा सुशासन कायम भएमा मात्र सेवाग्राहीले  सहजता पाउने उल्लेख गर्नुभयो । ठुलो संघर्षबाट स्थानीय तह निर्माण भएकाले जनप्रतिनिधि सबैको साझा हुनुपर्ने र हातेमालो गरेर समाज निर्माणमा लाग्नुपर्ने उहाँको भनाइ थियो ।

    त्यस्तै तिलोत्तमा नगर कार्यपालिका सदस्य रवि सेन्चुरीले युवा महिलासँगै विद्यार्थी र विद्यालयका बारेमा आएका जिज्ञासाको समाधान गर्नुभएको थियो । सेवाग्राहीहरुले विकास निर्माणप्रति चासो दिएर गुणस्तरयुक्त योजना सम्पन्न गर्न सबैको निगरानी आवश्यक भएको उहाँले बताउनुभयो ।

    कार्यक्रममा वडा सदस्यहरु भुपाल सिंह छन्तेल, विष्णुमाया पुन, विष्णु कुमारी सावत, सन्तवीर चौधरी, वडा सचिव तेजेन्द्र बस्नेत, टोल विकास संजालका अध्यक्ष देव बहादुर बगाले, नगर बाल संजालका अध्यक्ष विवेक खड्का, वडा बाल संजालका उपाध्यक्ष पदमा न्यौपाने, विद्यालयका प्रधानध्यापक,, टिकुलीगढ़ खानेपानी सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष श्याम खरेल, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले वडाको बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्न गरेका थिए । कार्यक्रमको संयोजन तिलोत्तमा सिटीले गरेको थियो भने सञ्चालन पत्रकार सरु रानाले गर्नुभएको थियो ।