२०८३, जेठ ११ गते

May 25 2026 | २०८३, जेठ ११ गते

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीद्वारा युवा उद्यमी भेटघाट

सोमवार , जेठ २०, २०८२

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • बुटवल, १९ जेठ । नेपाल उद्योग परिसंघ अन्तर्गतको युवा उद्यमी मञ्च लुम्बिनीको आयोजनामा एकदिने युवा उद्यमी भेटघाट कार्यक्रम तिलोत्तमामा सम्पन्न भएको छ ।

    कार्यक्रममा प्रमुख अतिथि चौधरी ग्रुपका प्रबन्ध निर्देशक तथा नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले व्यापार तथा व्यवसाय सम्बन्धी अनुभव साझा गर्दै युवाहरूमाझ प्रेरणादायी विचार व्यक्त गर्नुभएको थियो । हालको परिवेशमा ‘देशमा केही गर्न सकिँदैन’ भन्ने नकारात्मक धारणा फैलिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘देशमै केही गर्न चाहने युवाहरूका लागि प्रशस्त अवसरहरू उपलब्ध छन् ।’

    कार्यक्रममा लुम्बिनीका युवा सदस्यहरूले व्यापार–व्यवसायसँग सम्बन्धित विभिन्न जिज्ञासाहरू राख्नुभएको थियो, जसको उत्तर चौधरीले दिनुभएको थियो ।

    नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम र उपाध्यक्ष बाबुराम बोहोरा विशेष आथिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    युवा उद्यमी मञ्च लुम्बिनीका अध्यक्ष राजन कसजुले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । लर्निङ चेयर विकास पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।