२०८३, जेठ १२ गते

May 26 2026 | २०८३, जेठ १२ गते

देशभर सार्वजनिक यातातात ठप्प, यात्रुलाई सास्ती

सोमवार , जेठ २०, २०८२

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाण्डाै‌ं । यातायात व्यवसायीहरुको आन्दाेलनका कारण काठमाडौं उपत्यका सहित देशभरका सार्यावजनिक तायात बन्द रहेका छन् । यातायात बन्दका कारण सार्वजनिक यातायातकाे पर्खाइमा बसेका नागरिकहरु सवारी साधन नपाएर सास्ती व्यहोरेका छन्। 

    सोमवारदेखि यातायात व्यवसायीहरुले देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका थिए । सोमवार बिहानैदेखि सार्वजनिक यातायात सडकमा नदेखिएसँगै आम नागरिकको जनजीवन अस्तव्यस्त बनेको छ ।

    ‘सार्वजनिक यातायात बचाउ केन्द्रिय संघर्ष समिति’को आह्वानमा सोमवारदेखि देशभरका सार्वजनिक यातायात बन्द छन्।

    काठमाडौं उपत्यकामा छिटपुटमात्रै यातायात चलेको देखिन्छ । यातायात ठप्प हुँदा आम नागरिकहरुको दैनिकी अस्तव्यस्त बनेको छ । कार्यालय जानदेखि आफ्नो कामको लागि सार्वजनिक यातायातको प्रयोग गर्ने यात्रुहरु उभिएर सवारीसाधन कुरिरहेको देख्न सकिन्छ ।

    व्यवसायीले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गर्दै आन्दोलन शुरु गरेका हुन् ।