२०८२, पौष २५ गते

Jan 09 2026 | २०८२, पौष २५ गते

नेसपा (नयाँ शक्ति) सिद्धार्थनगरको अध्यक्षमा विजय उपाध्याय

शुक्रवार , जेठ १७, २०८२

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, १६ जेठ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) सिद्धार्थनगर नगर समिति, रुपन्देहीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । बिहीबार भैरहवामा सम्पन्न अधिवेशनले विजय उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

    पार्टीको लुम्बिनी प्रदेश निर्वाचन आयोगका प्रमुख विमल गिरीका अनुसार नगर उपाध्यक्षमा रेशमलाल नेपाली, पवित्रा थापा क्षेत्री, सचिवमा लालबहादुर भर, सह–सचिवमा रम्भा कलि पुन, बिन्दा रिमाल, सल्लु समानी र कोषाध्यक्षमा हरि रसाईली निर्वाचित हुनुभएको छ । 

    त्यस्तै सदस्यमा शान्ति भट्टराई, कृष्ण कुमार त्रिपाठी, गोकुल थापा, बिन्दा भर, जसमति भर, सुकमाया परियार, काजल कहार र दुर्गा कहार रहनुभएको छ ।

    पार्टीको सिद्धार्थनगर समितिका अध्यक्ष विजय उपाध्यायको अध्यक्षता, केन्द्रीय सदस्य कमल खनालको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य रविना भण्डारीको विशेष आतिथ्यता, केन्द्रीय सदस्य पंकज राई, केन्द्रीय सल्लाहकार समिति सदस्य ओमप्रकाश वि.क., केन्द्रका विज्ञ परिषद् सदस्य मुरारीलाल अग्रवाल, लुम्बिनी प्रदेश निर्वाचन आयोगका प्रमुख विमल गिरी, पार्टीको रूपन्देही जिल्ला सचिवालय सदस्य विष्णु खत्री, बुटवल उपमहानगरपालिका अध्यक्ष हेमबहादुर नेपालीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    नेसपा (नयाँ शक्ति) रुपन्देहीका जिल्ला संयोजक शोभाकान्त नेपालको स्वागत तथा नगर अध्यक्ष विजय उपाध्यायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।