२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

बुटवलमा महिला पत्रकारको क्षमता विकाससम्बन्धी कार्यशाला

बिहिवार , जेठ १६, २०८२

  • 871
    Shares
  • 871
    Shares
  • बुटवल । बुटवलमा महिला पत्रकारहरूको क्षमता विकाससम्बन्धी कार्यशाला गोष्ठी गरिएको छ । उपमहानगरपालिकाको आर्थिक सहयोगमा कार्यशाला गरिएको हो ।

    बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डे र उपप्रमुख सावित्रा देवी अर्यालको आतिथ्यतामा भएको कार्यक्रममा उपमहानगर प्रमुख खेल राज पाण्डेले महिला पत्रकारहरूको सशक्तिकरण र संचार क्षेत्रमा उनीहरूको भूमिकालाई प्रभावकारी बनाउन कार्यक्रमको निरन्तरता आवश्यक रहेको बताउनु भयो ।

    नगर प्रमुख पाण्डेले गणतन्त्रको महत्वमाथि जोड दिँदै, गणतन्त्रको विकल्प गणतन्त्र नै रहेको बताउनु भयो । गणतन्त्रलाई अझै मजबुत बनाउने गरी पत्रकार महिलाले पनि कलम चलाउनु पर्ने बताउनु भयो ।

    यसै गरि उपप्रमुख  सावित्र देवि अर्यालले महिला पत्रकारहरूको सशक्तिकरण बिना समावेशी विकास सम्भव नरहेको भन्दै उपमहानगरपालिकाले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउनु भयो।

    क्रियाशील महिला पत्रकार, रुपन्देहीका अध्यक्ष कल्पना तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विन्दु भट्टराईले गर्नु भएको थियो भने कोषाध्यक्ष कमला पाण्डेको सहजिकरणमा गोष्ठि सम्पन्न भएको थियो ।

    कार्यशालामा पत्रकार महासंघ, रुपन्देहीका सचिव सि पि खनाल, बुटवल उपमहानगरपालिका राजश्व शाखाका प्रमुख रोसन रेग्मि, पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार हरिष ढकाल, नेपाल प्रेस युनियन केन्द्रिय सदस्य रेखा भुषाल, फुलु सुनार, प्रेस सेन्टर केन्द्रिय सदस्य सरु राना, सञ्चारिका प्रदेश अध्यक्ष अमृता अनमोल, रुपन्देही अध्यक्ष मिना ढकाल, क्रियासिल महिला पत्रकार, रुपन्देहीका निवर्तमान अध्यक्ष भगवती पाण्डे, इन्सेक प्रतिनिधि रिमा वि सि लगायतले पत्रकारिता सिद्धान्त, समाचार लेखन, स्रोतसँगको सम्वादकला, डिजिटल सुरक्षा लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

    कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत ५० महिला पत्रकारहरूको सहभागिता रहेको थियो ।