२०८३, आषाढ २५ गते

Jul 09 2026 | २०८३, आषाढ २५ गते

यु–१४ विद्यालय खेलकुदका लागि प्रदेश छनौट प्रतियोगिता सुरु

बिहिवार , जेठ १६, २०८२

  • 781
    Shares
  • 781
    Shares
  • बुटवल, १५ जेठ । रुपन्देहीको बुटवलमा १४ वर्षमुनीको यु–१४ विद्यालय खेलकुद प्रातियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगिता सुरु भएको छ । दुई दिनसम्म चल्ने प्रतियोगितामा लुम्बिनी प्रदेशभरीका ४ सय ५० विभिन्न विधाका विद्यार्थीहरुले प्रतिष्पर्धा गरेका छन् । 

    यही जेठ २० देखि २३ गतेसम्म काठमाण्डौमा राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने यु–१४ विद्यालय खेलकुद प्रतियोगितामा प्रतिष्पर्धाका लागि सहभागी हुन जाने ७८ जना खेलाडीहरुको छनौटका लागि दुईदिने छनौट प्रतियोगिता सुरु भएको हो । 

    नेपाल विद्यालय खेलकुद महासंघको संयोजनमा भएको प्रतियोगिताको हिसान नेपालका केन्द्रीय निर्देशक आर.सी. आचार्यले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले विद्यालय तहका विद्यार्थी सहभागी हुने खेलकुद प्रतियोगिताले विद्यार्थीको चौतर्फी विकासमा ठूलो भुमिका खेल्ने बताउनुभयो । 

    नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष लेखनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष टीकाराम न्यौपाने, प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरी पाण्डे, नेपाल शिक्षक महासंघ रुपन्देहीका अध्यक्ष डिलाराम न्यौपाने, कालिका क्याम्पस प्रमुख घनश्याम पाठक, कालिका मानवज्ञान माविका प्राचार्य दिनेश थापा, हिसानका पूर्वअध्यक्ष दिनेश भुसाल, मिलन भण्डारीलगायतले विद्यालय तहका विद्यार्थीहरुलाई खेलकुद लगायतका गतिविधिमा सहभागी गराउँदा उनीहरुको क्षमता विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  

    छनौट प्रतियोगितामा १४ वर्ष मुनीका साढे ४ सय विद्यार्थीहरुले ब्याटमिन्टन, टेबलटेनिस, बास्केटबल, एथलेटिक्स, रग्बी, क्रिकेट प्रतियोगिता हुनेछन् भने ती प्रतियोगिताबाट ७८ खेलाडी छनोट भएर काठमाडौंमा हुने यु–१४ विद्यालय खेलकुद प्रातियोगितामा प्रतिष्पर्धा गर्न जाने नेपाल विद्यालय खेलकुद महासंघका उपाध्यक्ष हेम थापाले जानकारी दिनुभयो । 

    नेपाल विद्यालय खेलकुद महासंघको संयोजनमा बुटवलमा भएको प्रतियोगिताको प्याब्सन नेपाल, एन प्याब्सन र नेपाल शिक्षक महासंघको सहकार्यमा प्रतियोगिता भएको हो । छनोट प्रतियोगितामा एथलेटिक्सतर्फ रिले, हाईजम्प, लंगजम्प, टेबलटेनिसतर्फ छात्रछात्रा डबल सिंगल, बास्केटबल छात्र र छात्रा, ब्याटमिन्टन छा छात्रा सिंगल डबल, रग्बी छात्र र छात्रा तथा क्रिकेट छात्रहरुकाबीचमा हुने उपाध्यक्ष थापाले जानकारी दिनुभयो । छनौट प्रतियोगिता बिहीबार सकिनेछ ।