२०८३, जेठ ११ गते

May 25 2026 | २०८३, जेठ ११ गते

बुटवलमा आमासहित दुई छोरीको विभत्स हत्या

बुधवार , जेठ १५, २०८२

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • रुपन्देही, १४ जेठ । रुपन्देहीको बुटवलमा आमा र दुई छोरीसहित तीन जनाको विभत्स हत्या भएको छ । बुटवलको होराईजन चोकमा बुधबार (आज) बिहान ४ बजे आफ्नै पूर्व पतिले पत्नी र दुई छोरीको विभत्स रुपमा हत्या गरेको प्रहरीले जनाएको छ । 

    सम्बन्धबिच्छेदपछि छुट्टाछुट्टै बस्दै आएका बुटवलका सुजन कोइरालाले पूर्वपत्नी दीपा बस्याल र छोरीहरु ७ वर्षिय स्नेहा र ४ वर्षिय नानी बस्यालको हत्या गरको रुपन्देही प्रहरीले जनाएको छ । कर्तव्यज्यान मुद्दामा जेल जीवन बिताएर केही समय मात्रै छुटेका कोइरालाले आमा छोरीलाईसँगै हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको रुपन्देही प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले जानकारी दिनुभयो । 

    कोइरालाले कर्तव्यज्यान मुद्दापछि जेल परेपछि उनीहरुबीच सम्बन्धबिच्छेद भएको बुझिएको प्रहरीको भनाइ छ । प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।