२०८३, जेठ १२ गते

May 26 2026 | २०८३, जेठ १२ गते

सिद्धार्थनगर–५ मा सेल्फ मेकअप तालिम सुरु

मंगलवार , जेठ १४, २०८२

  • 5.0K
    Shares
  • 5.0K
    Shares
  • भैरहवा, १३ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ वडा कार्यालयको आयोजनामा महिलाहरुका लागि पाँचदिने सेल्फ मेकअप तालिम (प्रशिक्षण) सुरु भएको छ । मंगलबारदेखि सुरु भएको तालिमको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले उद्घाटन गर्नुभएको हो ।

    कार्यक्रममा बोल्दै मेयर खाँले तालिममा सहभागी भएका प्रशिक्षार्थीलाई ध्यान दिएर बढी भन्दा बढी ज्ञान लिन आग्रह गर्नुभयो । ‘प्रशिक्षकको कुरा राम्रोसँग सुन्ने र नजानेको कुरा सोध्नुपर्छ’उहाँले भन्नुभयो–सानो सानो कुराको महत्व धेरै हुने भएकाले सानो कुराको ख्याल गर्नुपर्छ ।’ मेयर खाँले स्वास्थ्यमा पनि ध्यान दिन आग्रह गर्नुभयो ।

    त्यस्तै सिद्धार्थनगर–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले वडा नम्बर ५ को कार्यालयले विभिन्न किसिमको तालिम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले गत वर्ष ब्यूटीपार्लर तालिम आयोजना गरिएको जानकारी दिनुभयो । 

    कार्यक्रममा सिद्धार्थनगर–१३ का वडाअध्यक्ष सोम बहादुर गुरुङ, सिद्धार्थ सामुदायिक सेवा केन्द्रका अध्यक्ष गोविन्द प्रसाद बस्याल, समाजसेवी पुनम जयसवाल, पत्रकार शंकर प्रसाद पाण्डे, समाजसेवी नारायण प्रसाद अग्रवाल, सिद्धार्थनगर नगरपालिकाको जनस्वास्थ्य शाखाको कम्युनिटी नर्सिङ अधिकृत गीता देवी न्यौपाने लगायतले वडा नम्बर ५ को कार्यालयले राम्रो काम गर्दै आएको बताउनुभयो ।

    सिद्धार्थनगर–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता, वडा सदस्य किरन देवी सुनारको स्वागत तथा वडा सदस्य सरस्वती श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । ३० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको तालिमको सहजीकरण प्रशिक्षक सृष्टि श्रेष्ठले गर्नुहुनेछ ।