२०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

एमाले र माओवादी केन्द्रका जिल्ला सदस्यसहित १५० बढी राप्रपामा

सोमवार , जेठ १३, २०८२

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, १२ जेठ । विभिन्न पार्टी परित्याग गरी १ सय ५० बढी नेता तथा कार्यकर्ता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् ।  नेकपा (एमाले) जिल्ला सदस्य राजकुमार क्षेत्री तथा नेकपा (माओवादी केन्द्र) का जिल्ला सदस्य राजु रानासहित १ सय ५० बढी नेता तथा कार्यकर्ता राप्रपामा आएको युवा नेता प्रज्वल बोहराले जानकारी दिनुभयो । उहाँले राप्रपाले लिएको नीतिलाई पछ्याउदै युवाहरुको आकर्षण राप्रपामा बढेको उल्लेख गर्नुभयो । 

    राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणाका अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पार्टीका केन्द्रिय सहायक महामन्त्री ताहिर अलिले राप्रपालाई देशकै बलियो शक्ति बनाउनका लागि युवाहरु लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीप्रति आम नागरिकको चासो बढ्दै गएको उल्लेख गर्दै रुपन्देहीमा पनि बलियो शक्ति बनाउनका लागि सबैले आ‘आफ्नो ठाउँबाट काम गर्नुपर्नेमा जोड दिनुभयो । 

    प्रज्वल बोहराको नेतृत्वमा भएको पार्टी प्रवेश कार्यक्रममा केन्द्रिय सदस्य बसन्त विक्रम शाही, मातृका प्रसाद यादव, मिनप्रसाद घिमिरे, जिल्ला सचिव बलराम शर्मा, सह–सचिव शंकर खत्री, सिद्धार्थनगर अध्यक्ष कृष्ण प्रसाद अर्याल लगायतले सरकारको गलत कामका विषयमा भण्डाफोर गर्नुपर्नेमा जोड दिनुभयो ।