२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

ग्वार्को निर्माणाधीन फ्लाइओभरको स्थलगत निरीक्षण

आइतवार , जेठ १२, २०८२

काठमाडौं, ११ जेठ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले जेठको अन्तिमदेखि ललितपुरस्थित ग्वार्काे चोकको फ्लाइओभरमा गाडी सञ्चालन हुने बताउनुभएको छ । 

आइतबार फ्लाइओभरको स्थलगत निरिक्षण गर्दै मन्त्री दाहालले जेठको अन्तिमसम्म सवै काम सम्पन्न गरेर फ्लाइओभरमा गाडी सञ्चालन हुने बताउनुभएको हो । प्राविधिक समस्याका कारण तोकिएको समयमा नै काम सम्पन्न हुन नसकेको भन्दै मन्त्री दाहालले अव फ्लाइओभर निर्माण समयमा नै सम्पन्न हुने जिकिर गर्नुभयो ।

फ्लाइओभर सञ्चालन भएपछि सो क्षेत्रको जाम अन्त्य हुने उहाले बताउनुभयो । अहिले फ्लाइओभरको बीचमा माटो भरेर एकातीर कालोपत्रे भइसकेको छ भने अर्को तर्फपछि कालोपत्रे गर्ने तयारी भइरहेको छ । कालोपत्रे गर्ने काम सम्पन्न गरेपछि सवारी आवागमन खुल्ला गरिने मन्त्री दाहालले बताउनुभयो ।

त्यस्तै उहाले महत्वपूर्ण आयोजनाहरु समयमा नै सम्पन्न नहुने समस्या समाधानका लागि नियमकानूनमा संशोधन गर्ने गरि अघि बढिरहेको र बिकासका काममा हुने ढिलाईलाई निरुत्साहित पारिने उल्लेख गर्नुभयो । मन्त्री दाहालले बर्षायाममा बिभिन्न राजमार्गमा हुनसक्ने अवरोधलाई तत्काल हटाउनका लागि हाइअलर्ट भएर बसेको जानकारी दिनुभयो ।

सडक विभागले इपिसी मोडलमा फ्लाइओभर निर्माण गर्ने गरी २०७८ माघमा आरसी, समानान्तर र रेलिग्रे जेभीसँग ठेक्का सम्झौता गरेको थियो । समयमा नै निर्माण सम्पन्न नभएपछि पटक–पटक थप गरेर दिएको अन्तिम म्याद गत पुष ८ गते नै सकिसकेको छ । म्याद सकिएपछि निर्माण कम्पनीले निरन्तर काम गर्दै आएको छ ।