२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

राप्रपा सिद्धार्थनगर समितिका अध्यक्ष र सदस्यहरुद्वारा सपथ ग्रहण

शनिवार , जेठ ११, २०८२

  • 949
    Shares
  • 949
    Shares
  • भैरहवा, १० जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिद्धार्थनगर नगर समिति, रुपन्देहीको सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शनिबार भैरहवामा आयोजित कार्यक्रममा गत वैशाख २७ गते राप्रपाको नगर अधिवेशनबाट सर्वसम्मत निर्वाचित नगर अध्यक्ष कृष्ण प्रसाद अर्याल र सदस्यहरुले सपथग्रहण गर्नुभएको हो । त्यस्तै नगर समितिमा मनोनित सदस्यहरुले पनि सपथग्रहण गर्नुभएको छ । उहाँहरुलाई पार्टीको जिल्ला निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत सिताराम सिंहले सपथ ग्रहण गराउनुभएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि राप्रपाका केन्द्रीय सदस्य मिन प्रसाद घिमिरेले गणतन्त्रको नाममा लुटतन्त्र छ भन्ने कुराको पुष्टी भइसकेको दावी गर्नुभयो । उहाँले जेठ १५ गतेदेखि काठमाडौंमा सुरु हुने आन्दोलनलाई सफल बनाउनुपर्ने बताउनुभयो । ‘राप्रपाको सिद्धार्थनगर अधिवेशनमा जसरी साथीहरु एकताबद्ध हुनुभयो, त्यसरी नै एकजुट भएर अघि बढ्न आवश्यक छ, ’उहाँले भन्नुभयो ।

    त्यस्तै पार्टीको रुपन्देही जिल्ला अध्यक्ष तथा सिद्धार्थनगरका पूर्व नगरप्रमुख सागर प्रताप राणाले राप्रपालाई अन्य पार्टीले पाखा लगाउने प्रयास गरेको बताउनुभयो । उहाँले एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    लुम्बिनी प्रदेश सभा सदस्य आशिष चौधरीले जेठ १५ गतेको आन्दोलनलाई सफल बनाउनुपर्ने बताउनुभयो । उहाँले रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनको तयारीमा लाग्नुपर्ने बताउनुभयो । राप्रपा रुपन्देही जिल्ला सचिव बलराम शर्माले राप्रपाले अभिभावक दीपक बोहरालाई गुमाउनुपरेको बताउनुभयो । उहाँले राप्रपा अवसर र चुनौतीकाबीच गुज्रिरहेको बताउनुभयो ।

    सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता, वडा नम्बर ४ का अध्यक्ष तथा राप्रपाका युवा नेता मुक्तिनाथ यादव (भोला) ले एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले संगठन विस्तारलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो ।

    राप्रपा देवदह नगर समितिका अध्यक्ष माधव रिमालले राप्रपा सिद्धार्थनगरको अधिवेशनले एकताबद्ध भएर जानुपर्छ भन्ने राम्रो सन्देश दिएको बताउनुभयो ।राप्रपा जिल्ला निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत सिताराम सिंहको अध्यक्षता तथा जिल्ला प्रवक्ता एवं निर्वाचन अधिकृत दिलिप कुमार मल्लिकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा नगर समितिका अध्यक्ष र सदस्यहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

    IMG_6125.JPG
    IMG_6126.JPG