२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

तिलोत्तमामा ३० दिने फोटोग्राफी तथा भिडियोग्राफी तालिम सुरु

बुधवार , जेठ ८, २०८२

  • 703
    Shares
  • 703
    Shares
  • तिलोत्तमा, ७ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थानीय महिलाहरुको जीवनस्तर उकास्न र सीपमार्फत आत्मनिर्भर बनाउन फोटोग्राफी तथा भिडियोग्राफी तालिम सुरु गरेको छ । नगरपालिकाको आयोजनामा महिलासँग उपप्रमुख कार्यक्रम अन्तर्गत तालिम सुरु भएको हो ।

    महिलाहरूलाई प्रविधिमा दक्ष बनाउन फोटो तथा भिडियोग्राफीसम्बन्धी ३० दिने आधारभूत तथा क्षमता विकास तालिम दिन थालिएको नगर उपप्रमुख जगेश्वर देवी चौधरीले बताउनुभयो । महिला हिंसा रोक्न र घरेलु कामदारको रुपमा मात्रै महिलाहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न यस्ताखाले तालिमले ठुलो योगदान पुर्याउने उहाँको भनाइ छ । सीप सिकेर व्यवसायिक बन्न आग्रह गर्दै अहिलेको परिवेशमा सबैखाले शुभ कार्यहरुमा फोटो र भिडियोको माग बढ्दै गएकोले घरमै बसेर वा व्यवसायिक रुपमा समेत यस तालिमबाट महिलाहरुले मनग्य आम्दानी गर्न सक्ने नगर उपप्रमुख चौधरीले बताउनुभयो । प्रविधिको विकाससँगै महिलाहरुलाई समयानुकूल दक्ष र आत्मनिर्भर बनाउन फोटो तथा भिडियोग्राफी तालिम आयोजना गरिएको उहाँले बताउनुभयो ।

    २३ जना सहभागीहरुलाई फोटो खिच्ने, फोटो ईडिटिङ्ग, भिडियो खिच्ने तथा ईडिटिङ्ग र ग्राफिक डिजाइन सम्बन्धि सीप सिकाउन सुरु गरिको तालिममा स्थानीय फोटो र भिडियोको काम गर्दै आएका महिला र अन्य सीप रोजगार र नयाँ व्यवसाय गर्न सक्ने क्षमताका आधारमा छनौट गरी तालिममा सहभागी गराइएको सुचना प्रविधि शाखाका मोहन न्यौपानेले बताउनुभयो ।

    सो अवसरमा लुम्बिनी फोटोग्राफर संघका अध्यक्ष दिनेश अर्यालले फोटो र भिडियोमार्फत महिलाहरुलाई रोजगारी र आम्दानीसँग जोड्न नगरपालिकाले गरेको प्रयासको प्रशंसा गर्नुभयो । उहाँले यस व्यवसायको समाजमा धेरै नै माग भएको र दक्ष जनशक्ति पाउन निकै कठिन भएको परिस्थितिमा यस्तो तालिमले ठुलो योगदान दिने बताए ।

    सो अवसरमा सृजनशील आमा समुहकी उपाध्यक्ष पारु छन्तेलले महिलाहरुलाई आत्मनिर्भर गराउन नगरपालिकाले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो । कार्यक्रममा प्रशिक्षकहरु प्रेम बहादुर अर्याल, अनमोल पोख्रेल, लुम्बिनी फोटोग्राफर संघका गीता पंगेनी, कमला घर्ती, आकाश पन्थ, सञ्चारकर्मी शारदा शाहीसँगै सृजनशील आमा समुहका प्रतिनिधि एवं प्रशिक्षार्थीहरुको सहभागीता थियो ।

    नगरका सीप तथा तालिमको अभावमा युवा पुस्ता विदेशिनुपर्ने बाध्यता छ, हरेक युवालाई प्रविधिमैत्री बनाउँदै आफ्नै ठाउँमा बसेर व्यवसायिक काम गर्ने वातावरण सिर्जना गर्न यसपटक फोटो तथा भिडियोग्राफीसम्बन्धी आधारभूत तथा क्षमता विकास तालिमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ । यो तालिमले फोटो तथा भिडियोग्राफीमै भविष्य खोज्नेहरुको लागि थोरै भए पनि सहयोग पुग्ने आशा राखेको सामाजिक विकास शाखा प्रमुख बिनोद ज्ञवालीले बताउनुभयो । फोटो तथा भिडियोग्राफीसम्बन्धी तालिममा नगरपालिकामा स्थायी बसोबास गर्ने र फोटो स्टुडियो व्यवसाय गर्ने २३ जना सहभागी छन् ।