२०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

राप्रपा ओमसतियाको अधिवेशन सम्पन्न, अध्यक्षमा घिमिरे

सोमवार , जेठ ६, २०८२

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा, ५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ओमसतिया गाउँपालिका कार्यसमिति, रुपन्देहीको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अर्जुन घिमिरेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

    अर्जुन घिमिरेको अध्यक्षता, राप्रपाका सहायक महामन्त्री ताहिर अलीको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य मात्रिका प्रसाद यादव, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, लुम्बिनी प्रदेश सभा सदस्य आशिष चौधरी, जिल्ला सचिव बलराम शर्मा लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    उक्त कार्यक्रममा २०७४ सालमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट ओमसतिया–४ को वडाअध्यक्षमा निर्वाचित मसहुर मुसलमान र २०७४ सालमा राप्रपाबाट ओमसतिया–५ को वडाअध्यक्षमा निर्वाचित ओमप्रकाश चौधरी राप्रपामा प्रवेश गरेका छन् । चौधरी राप्रपा परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । पुनः उनी राप्रपामै फर्किएका छन् ।