२०८३, जेठ १२ गते

May 26 2026 | २०८३, जेठ १२ गते

चौथो तिलोत्तमा वडास्तरीय मेयरकप फुटबल जेठ २ गतेदेखि

बुधवार , जेठ १, २०८२

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • तिलोत्तमा, ३१ वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा चौथो मेयर कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । तिलोत्तमा नगरपालिकाको वडा नम्बर–११ स्थित भूपू सैनिक खेलमैदानमा यही जेठ २ गतेदेखि सुरु हुने खेलको तयारी पूरा भएको खेल संयोजक युवराज रिमालले बताए । 

    नगरपालिकाले खेल र खेलाडीहरुकोस्वस्थ जीवनको कामना र प्रतिभा प्रस्फुटन गराउने उदेश्यले बजेट नीति तथा कार्यक्रममै प्रतियोगिता समेटिएको नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव गंगाराम आचार्यले बताए । 

    १७ वडामध्ये १६ वटा वडाले प्रतियोगितामा सहभागीता जनाउने भएका छन् । मंगलबार नगरपालिकामा आयोजित टाइसिट प्रकाशन कार्यक्रममा प्रतियोगिताबारे जानकारी गराउँदै नगर खेलकुद विकास समितिका सदस्य तथा प्रतियोगिताका संयोजक युवराज रिमालले प्रतियोगिता बिहान र बेलुका गरी दैनिक दुईवटा खेल हुने जानकारी दिए ।

    प्रतियोगिताका विजेताले नगद रु. ७५ हजार र रनिङ्ग शिल्ड तथा मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले नगद रु. ५० हजार र शिल्ड तथा मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी, गोलकिप्पर, मिड पिÞmल्डर, फरवार्ड, कोच गरी नगद रु. ५ हजारसहित मेडल प्राप्त गर्नेछन् ।

    अघिल्लो वर्ष वडा नम्बर–१३ ले उपाधि चुमेको सो प्रतियोगिताको उद्घाटन खेल वडा नम्बर १२ र १७ बीच बिहान ७ बजे हुने आयोजकले जनाएको छ । टाइसिट वितरण कार्यक्रममा तिलोत्तमा फुटबल एकेडेमीका अध्यक्ष तिलक नेपाली, जिल्ला फुटबल संघका अर्जुन क्षेत्री हापु, नगर खेलकुद विकास समितिका सदस्यहरु मनोज केसी, सोभित दर्लामी मगर, मोहन सिंह राना, वडाका खेलाडी प्रतिनिधिहरु लगायतको उपस्थिति थियो।