२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

माण्डव्य सेवा समाज सिद्धार्थनगरको २० औं साधारण सभा सम्पन्न

मंगलवार , बैशाख ३०, २०८२

भैरहवा, ३० वैशाख । माण्डव्य सेवा समाज सिद्धार्थनगर–९, रुपन्देहीको २० औं वार्षिक साधारण सभा तथा कुल पुजा कार्यक्रम सोमबार भैरहवामा सम्पन्न भएको छ । सिद्धार्थनगर, तिलोत्तमा, ओमसतिया, मायादेवी पालिकाहरुमा बसोबास गर्ने माण्डव्य गोत्रीय ज्ञवालीहरुको उपस्थिति रहेको साधारण सभामा समाजको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश गर्नुका साथै निर्माणाधिन जेष्ठ नागरिक आश्रमको कार्यप्रगति र भावी योजनाबारे जानकारी गराइएको थियो । साथै ज्ञवाली बन्धुहरुका कुलदेवता श्वेतवराह मष्टाको श्रद्धापूर्वक पूजा अर्चना गरिएको थियो ।

माण्डव्य सेवा समाजले वर्षेनी वैशाख बुद्ध पुर्णिमाको दिन कुल पुजा गर्दै आएको छ । गुल्मी, अर्घाखाँची, पाल्पा लगायतका विभिन्न जिल्लाबाट बसाईं सरेर रुपन्देही आएका ज्ञवाली बन्धुहरु कुलपुजामा सहभागी हुँदै आएका छन् ।

जेष्ठ नागरिक ज्ञानेश्वर ज्ञवालीको प्रमुख आतिथ्यता र नेपाल सरकारका सह–सचिव हरिशंकर ज्ञवालीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा समाजका सल्लाहकारहरु ज्ञानेश्वर ज्ञवाली, रुद्र ज्ञवाली, देव ज्ञवाली, पूर्वअध्यक्ष कुलानन्द ज्ञवाली, निवर्तमान अध्यक्ष केशवराज ज्ञवालीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा समाजका अध्यक्ष लक्ष्मण ज्ञवालीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष शारदा ज्ञवालीले आर्थिक प्रतिवेदन पेश गरेका थिए । साधारण सभाको सञ्चालन महासचिव बिरेन्द्र ज्ञवालीले गरेका थिए ।

वार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष लक्ष्मण ज्ञवालीले अधुरो जेष्ठ नागरिक आश्रय भवन पूरा गर्न आर्थिक सहयोगको खाँचो औल्याउँदै सक्दो सहयोग गर्न समाजका सदस्यहरुलाई आव्हान गरे । समाजको पहलमा निर्माणाधिन जेष्ठ नागरिक भवन सम्पूर्ण समुदायको हितमा प्रयोग गर्ने समाजको लक्ष्य रहेको छ ।