२०८३, आषाढ २७ गते

Jul 11 2026 | २०८३, आषाढ २७ गते

समय धेरै वलवान हुन्छ

सोमवार , बैशाख २९, २०८२

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • मान्छे कमजोर हुन्छ तर समय धेरै वलवान हुन्छ,
    आस्थाले पुजा गरेपछि ढुङ्गा पनि भगवान हुन्छ ।।

    गरीबको झोली रित्तो हुनसक्छ तर मन लोभी हुन्न,
    लोभी त त्यो मान्छे हुन्छ जो धेरै धनवान हुन्छ ।।

    जान्छु मत विदेश तिर, बस्न मन छैन यो देशमा,
    जहाँ भ्रस्टचारीको सालिक बन्छ र उसैको गुनगान हुन्छ ।।

    मेरो देश साँच्चै सतीले सरापेको देश हो कि कुन्नि,
    यहाँ दानवहरुको पुजा हुन्छ अनि देवताको अपमान हुन्छ ।।

    विमानस्थलमा युवाहरुको भीड देख्दा यस्तो लाग्छ,
    एकदिन गाउँजस्तै शहरबजार पनि सुनसान हुन्छ ।।

    अरबको खाडीमा पसिना बगाइरहेछु भनेर नरोउ आमा ।।
    अलिकति धन कमाए पछि समाजमा मेरो पनि पहिचान हुन्छ ।।