२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

२५६९ औं बुद्धजयन्ती : लुम्बिनीमा निकालियो शोभायात्रा (फोटो फिचर)

सोमवार , बैशाख २९, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • लुम्बिनी, २९ वैशाख । २५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा लुम्बिनीमा शोभा कलश यात्रा निकालिएको छ । लुम्बिनीस्थित ५ नम्बर गेटबाट सुरु भएको कलश यात्रा मायादेवी मन्दिर, शान्ति दीप, केन्द्रिय नहर हुँदै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा पुगेको छ । 

    शोभा कलश यात्रामा विभिन्न जातजातिको झाँकीसहितको प्रस्तुती रहेको छ । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा हुने २५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको औपचारिक कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । औपचारिक कार्यक्रम बिहान ९ बजेपछि सुरु हुने बताइएको छ । 

    बुद्ध जयन्तीको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीलाई झकिझकाउ बनाइएको छ । तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइने बुद्ध जयन्तीको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीलाई दुलहीझैं सिंगारिएको छ ।

    लुम्बिनी विकास कोषले बुद्ध जयन्तीलाई लक्षित गरेर विशेष रुपमा सरसफाई अभियान चलाएको थियो । जसले गर्दा अहिले लुम्बिनी क्षेत्र स्वच्छ र सुन्दर देखिएको छ ।

    IMG_6621.JPG
    IMG_6615.JPG
    IMG_6626.JPG
    \
    IMG_6624.JPG
    IMG_6595.JPG