२०८३, आश्विन ४ गते

Sep 20 2026 | २०८३, आश्विन ४ गते

पराजुलीको निधनप्रति मुख्यमन्त्री आचार्यद्वारा दुःख व्यक्त

आइतवार , बैशाख २८, २०८२

  • 967
    Shares
  • 967
    Shares
  • बुटवल, २८ वैशाख । नेकपा (एमाले) का नेता प्रकाश पराजुली तथा प्रेस चौतारी नेपालमा आबद्ध सक्रिय पत्रकार विकास पराजुलीका पिता तथा सेवानिवृत्त शिक्षक गुणनिधि पराजुलीको निधनप्रति लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गहिरो दुःख व्यक्त गरेका छन् ।

    मुख्यमन्त्री आचार्यले दिवंगत पराजुलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका हुन् । शिक्षण पेशामार्फत समाजमा योगदान पुर्याउनुभएका पराजुलीको निधनले एक समर्पित शिक्षासेवी गुमाउनुपर्दा अपुरणीय क्षति व्यहोर्नुपरेको मुख्यमन्त्री आचार्यले उल्लेख गरेका छन् ।

    491214343_550168724538085_1811667674653898672_n.jpg